पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी
पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् ।
श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौं फर्कियो
काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ ।
छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ ।
मुग्लिन–मलेखु सडक विस्तार सुरु
पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड विस्तार सुरु भएको छ। छ महिनाअघि ठेक्का सम्झौता भए पनि सडक विस्तारको काम भने यही जेठ महिनाबाट मात्रै सुरु भएको हो। नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डको स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ। सडकको दायाँबायाँ पर्खाल लगाउने, फराकिलो पार्न सीमा रेखा तयार पार्ने, सडक क्षेत्रमा परेका घर टहरा हटाउने काम भएको छ।
मेलम्चीमा जोखिम कायमै
मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा क्षति पु-याएको दुई वर्ष पुग्न लाग्दा पनि सो क्षेत्रमा बाढीपहिरोको रोकथाम तथा सोबाट हुन सक्ने जिउधनको क्षति रोक्न कुनै उपाय अपनाइएको पाइएको छैन । दुई वर्षअघि २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीले सो क्षेत्रमा ठुलो जनधनको क्षति पु¥याएको थियो ।
सुरक्षित आवासका ८५६ लाभग्राही छनौट
मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने पालिकाहरूका सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीहरू छनौट गरिएको छ ।
बेपत्ताको खोजी गर्न सुनकोसीको पानी कटाइँदै
चार दिनअघि सुनकोसी नदीमा जिप खस्दा बेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजबिनको लागि सुनकोसी नदीको बहावलाई घटाउन मेसिन लगाएर अर्कोतर्फ पानी कटाउन थालिएको छ ।
सडकपेटीमा फोहोर फाल्ने दुई जनालाई जरिवाना
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडकपेटीमा फोहोर फाल्ने दुई जनालाई पाँच–पाँच हजार रुपियाँका दरले जरिवाना गरेको छ ।
विपन्न नागरिकलाई १० प्रतिशत शैय्या निःशुल्क नगर्ने अस्पताललाई कारबाही गर्छौँ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि १० प्रतिशत शैय्या निःशुल्क नगर्ने अस्पताललाई कारबाही गर्ने बताउनुभएको छ।
यस वर्ष छ सय झोलुङ्गे पुल निर्माण हुने
यस वर्ष देशभर झण्डै छ सय झोलुङ्गे पुल निर्माण गरिने भएको छ । एक दिनमा दुई झोलुङ्गे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम सङ्ख्यामा सम्पन्न हुन लागेको हो ।
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका –१९ का २७ वर्षीय सन्तोष गुरुङको दुर्घटनामा परेर मृत्यु भएको हो ।
वर्षाको सम्भावना
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली रहनुका साथै पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ललितपुरमा विश्व वातावरण दिवस मनाइयो
ललितपुरमा वृक्षारोपण र सरसफाइ कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाइएको छ ।
प्रदेश सरकारले घटाएको भाडादर लागू भएन
कीर्तिपुरका असीम बुढाथोकी सधैँ कालीमाटी आउजाउ गर्नुहुन्छ । विद्यालय नै कालीमाटी भएका कारण उहाँलाई दैनिक सार्वजनिक सवारीसाधन चढ्नुपर्ने बाध्यता छ ।
मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्ने तिर भएको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय सभाको ९५औँ बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
वातावरण संरक्षणमा सचेतना वृद्धि आवश्यक : मन्त्री शर्मा
काठमाडौं, २२ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वातावरण संरक्षणका लागि व्यापक सचेतना र जागरणमूलक अभियान सञ्चालनमा जोड दिनुभएको छ ।
मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत
मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ ।
प्लाष्टिकजन्य प्रदूषण निर्मूल पार्न सबैले सहयोग गरौँ : प्रधानमन्त्री
विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन यो दिवस मनाउँदै आएको हो ।
प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यक्तिगत र सामूहिक रूपमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्ने बताउनुभएको छ ।
सबै फोहोर उठाइएको दाबीमा आशङ्का
नारायणी नदी किनारको चौरमा गाडेको फोहोर उद्योग वाणिज्य सङ्घ चितवनले निकालेर विसर्जन स्थलमा फालेको छ। सर्वोच्च अदालतले नदी किनारमा गाडेको फोहोर निकाल्न आदेश दिएपछि उद्योग वाणिज्य सङ्घले गाडेको फोहोर निकालेर फालेको हो। गत पुस महिनामा सङ्घले चितवन महोत्सव गर्नका लागि भन्दै बाढीले खाल्टो बनाएको स्थानमा फोहोर गाडेर जमिन सम्याएको थियो। उद्योग वाणिज्य सङ्घले पुसमा फोहोर गाडेपछि चौतर्फी विरोध भएको थियो। विरोधपछि अदालतमा मुद्दा दायर भएको हो।
आज वातावरण दिवस मनाइँदै
संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।
पनौती जात्राको सन्देश : सृष्टि चलाउन यौनकर्म (फोटो फिचरसहित)
हरेक वर्ष जेठ शुक्लद्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा सकिएको छ।
मकवानपुरको चार पालिकामा विद्यालय बन्द
मकवानपुरको हेटौँडा उपमहानगरपालिका सहित चार पालिकाले अत्यधिक गर्मीको कारण देखाउँदै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । हेटौँडा उपमहानगरपालिका सहित बकैया गाउँपालिका, मनहरी र मकवानपुरगढी गाउँपालिकाले गर्मीका कारण विद्यार्थीमा स्वास्थ्य समस्या आएको भन्दै पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् ।
'थालेसिमियाका बिरामीको जिम्मा सरकारले लिए राम्रो'
वीर अस्पतालका रक्तरोग विशेषज्ञ डा. नीरजकुमार सिंहले महँगो औषधि उपचार र रगतको अभाव र जनचेतनाको अभाव रोगीले गर्दा नेपालमा थालेसिमियाका बिरामीले सही उपचार नपाएको बताउनुहुन्छ ।