महानगरद्वारा एक हजार बालबालिकालाई न्यानो कपडा वितरण
भरतपुर महानगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर २८ वडामा रहेका १५ वटा आधारभूत विद्यालयहरूमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका झन्डै एक हजार जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।
दुई पालिका अझै प्रहरीविहीन
सिन्धुली जिल्लामा दुईवटा स्थानीय तह अझै गाउँ तथा नगर प्रहरीविहीन अवस्थामा रहेका छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये सुनकोसी र घ्याङलेख गाउँपालिकाले बजेट अभाव भन्दै गाउँ तथा नगर प्रहरी राख्न सकेका छैनन् । सुनकोसी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले बजेट अभावमा गाउँ तथा नगर प्रहरी राख्न नसकेको बताउनुभयो ।
मापदण्ड पालना नगरी नदीजन्य उद्योग सञ्चालन
काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित नदी तथा खानीजन्य उद्योगले सामान्य मापदण्डसमेत पालना नगरेको पाइएको छ । जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाइ संयोजकत्वको जिल्लास्तरीय अनुमगन कार्यदलले जिल्लाको नदीजन्य तथा खानीजन्य उद्योगको अनुगमनपछि तयार प्रतिवेदनमा उद्योगले पूरा गर्नुपर्ने सामान्य कुरा पनि पूरा नगरिएका उल्लेख गरिएको छ ।
परम्परागत रूपमा चल्दै आएका पानीघट्ट लोप हुँदै
नेपालमा आएका आधुनिक प्रविधिको विकाससँगै दोलखामा परम्परागत रूपमा चल्दै आएका पानीघट्ट लोप हुन थालेका छन् ।
सडक विस्तारले बैङ्किङ कारोबार ठप्प
नारायणगढ–गोन्द्रङ सडक विस्तारका क्रममा सडक क्षेत्रमा परेका नारायणगढका घर भत्काइएपछि सो क्षेत्रमा रहेका बैङ्क तथा वित्तीय संस्थाको कारोबार प्रभावित भएको छ । भत्किएका घरमा कार्यालय रहेका बैङ्क तथा वित्तीय संस्थाले कारोबार बन्द गरेका छन् । गत शुक्रबारदेखि नै कारोबार रोकेको राष्ट्रिय वाणिज्य बैङ्क, नारायणगढ शाखाका प्रबन्धक रोमप्रसाद सिलवालले भन्नुभयो, “भौतिक संरचना भत्कनुका साथै टेलिफोन, बिजुली, इन्टरनेटको लाइन काटिएको छ । कसरी सेवा दिन सकिन्छ र ?” प्राविधिक विज्ञसहितको टोलीले मर्मत सुधार सुरु गरेकाले आइतबारसम्ममा सेवा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
माइती नेपालले गर्यो २९ युवतीको उद्धार
मनोरञ्जनका नाममा असुरक्षित मनोरञ्जन क्षेत्रमा काम गरिरहेका २९ युवतीलाई माइती नेपालले उद्धार गरेको छ।
बागमती प्रदेश सभाका सदस्यहरूद्वारा शपथ ग्रहण
बागमती प्रदेश सभाका सदस्यहरूलाई बिहीबार शपथ ग्रहण गराइएको छ । प्रदेश सभा सदस्यहरूको शपथ हेटौँडा उपमहानगरपालिका –१० स्थित प्रदेश सभाको सभा हलमा भएको कार्यक्रममा प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ ग्रहण गराउनुभयो ।
सुकुम्वासी बस्ती हटाउने कार्यमा समन्वय गर्न गृहसँग महानगरको अनुरोध
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारामा बस्दै आएका सुकुम्वासी बस्ती हटाउन आवश्यक सहयोग एवम् समन्वय गर्न गृह मन्त्रालयसँग अनुरोध गरेको छ ।
बागमती प्रदेश सभा बैठक पुस १८ गतेका लागि आह्वान
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरी पठाएअनुसार बागमती प्रदेश सभाको ११ औँ अधिवेशन बैठक यही पुस १८ गते दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।
सिफारिस गर्न म्याद थप
नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अन्तर्घात र असहयोग गर्नेहरूमाथि कारबाहीको सिफारिस गर्न माघ १५ गतेसम्मको समय दिएको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले विज्ञप्तिमार्फत पार्टीका उम्मेदवारमाथि अन्तर्घात गर्नेविरुद्ध परेका उजुरी प्रदेश एवं जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने समय थप गरिएको बताउनुभयो।
महाभारत गाउँपालिका जोड्ने पुल अलपत्र
काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका जोड्ने पक्की पुल निर्माणको काम अलपत्र परेको छ। महाभारत गाउँपालिका–४, तीनखुट्टेस्थित खानीखोला र पार्वती खोलामा पुल निर्माणाधीन अवस्थामा छ। सो पुल निर्माणका लागि २०७८ असारमा मृत सञ्जीवनी प्रदेज जेभीसँग सम्झौता भएको थियो।
जिरीलाई ‘रिब्रान्डिङ’ गर्ने तयारी
कुनै दिन मिनी स्विट्जरल्यान्डका रूपमा चिनिएको जिरी सुनसान बन्न लागेपछि जनप्रतिनिधि जिरीलाई नयाँ स्वरूपमा ‘रिब्रान्डिङ’ गर्ने तयारीमा रहेका छन्। आन्तरिक पर्यटकलाई लक्षित गरेर जिरीलाई नयाँ ढाँचामा लैजान यो योजना अघि सारिएको जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेलले बताउनुभयो।
बागमती प्रदेश सभाका ज्येष्ठ सदस्य ढुङ्गानाद्वारा शपथ
बागमती प्रदेशको प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ लिनुभएको छ । बागमती प्रदेशको प्रदेश प्रमुखको सचिवालयमा बुधबार भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभा ज्येष्ठ सदस्य ढुङ्गानालाई शपथ गराउनुभएको हो ।
धान उत्पादन बढ्यो, बिहीबार विवरण सार्वजनिक हुने
यस वर्ष धान उत्पादनमा वृद्धि भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा केही प्रतिशत वृद्धि भएको छ ।
चिकित्सक सङ्घको अवधारणापत्र सार्वजनिक
पेसागत समावेशी समूहको नेतृत्व गर्नुभएका डा. सन्तोष पौडेल समूहले नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिले हुन गइरहेको निर्वाचनका लागि सात बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ ।
४३ लाख रुपियाँ भ्रष्टाचार आरोपमा प्रशासकीय अधिकृतविरुद्ध मुद्दा
रुपन्देहीमा कोटहीमाई गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्याङ्कन समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेसहित सात जनामाथि भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।
पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट
सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ ।
कांग्रेस बागमती दलको नेतामा लामा निर्वाचित
बागमती प्रदेश प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । उहाँ प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँलाई ५ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित हुनुभएको हो । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत ल्याउनुभयो ।
अव्यवस्थित तार हटाएर ठमेललाई सफा र सुन्दर बनाइँदै
पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यवस्थित रूपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको छ ।
मेलम्ची खोलाको पानी काठमाडौं ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी
मेलम्ची नदीबाट खानेपानी ल्याएबापत त्यस क्षेत्रलाई तिरिने रकम (लेबी) टुङ्गाउन तयारी अघि बढाइएको छ । खानेपानी महसुल निर्धारण आयोग बन्न लागेको र लेबीको विषय पनि त्यसमै समेटिने खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।
भरतपुर अस्पतालको अध्यक्षमा पौडेल नियुक्त
झण्डै दुई महिनादेखि अध्यक्षविहीन भएको भरतपुर अस्पताल विकास समितिले बुधबार अध्यक्ष पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अस्पताल विकास समितिको अध्यक्षमा युवा उद्यमी राजु पौडेललाई नियुक्त गरेपछि अस्पतालले अध्यक्ष पाएको हो ।
नारायणी नदीमा मोटरबोट
छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकका लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ ।
रत्नराज्यमा झडपः ४ जना विद्यार्थी नेता घाइते, एकजनाकाे अवस्था गम्भीर
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी नेताहरु घाईते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् ।
संसदीय दलको नेतामा तामाङ र बानियाँको उम्मेदवारी
बागमती प्रदेशको प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार निर्वाचन हुँदैछ । कांग्रेस संसदीय दलको नेताका लागि कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको उम्मेदवारी परेको छ । तामाङ र बानियाँ दुवै संस्थापन पक्षका हुनुहुन्छ ।