• २७ वैशाख २०८२, शनिबार

काठमाडौं महानगरले हटायो पानी ट्याङ्की

blog

कोटेश्वरको ढुङ्गेधारासँगै रहेको पानी ट्याङ्की हटाउँदै महानगर प्रहरी । तस्बिर : काठमाडौं महानगरपालिका

काठमाडौं, जेठ २५ गते । काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरको ढुङ्गेधारासँगै रहेको पानी ट्याङ्की हटाइएको छ ।

नगर प्रहरी मञ्जु केसीले बाटो अवरुद्ध हुने गरी राखिएको पानी ट्याङ्की हटाइएको बताउनुभयो ।

महानगर प्रहरी बलले अहिले सो क्षेत्रमा मेलम्चीको पानी पुगिसकेको र उक्त ट्याङ्कीको आवश्यकता नरहेको जनाएको छ ।

उक्त ट्याङ्कीबाट १० रुपियाँमा पानी बिक्री हुँदै आएको पाइएको छ ।