इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै
लामो समयको अन्योलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्ने सरकारको निर्णयपछि त्यसको कार्यान्वयनका लागि तयारी अघि बढाइएको छ ।
नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो
आइतबारदेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचकमा आज (बुधबार) पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
समयानुकूल कानुन बनाउन र कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता भएका व्यक्तिको हकअधिकार सुनिश्चित गर्न समयानुकूल कानुन बनाउन र कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फको बहस जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज (बुधबार) पनि जारी रहेको छ । खाणको पक्षका कानुन व्यवसायीले मङ्गलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो ।
घट्टे खोलामा पक्की पुल बनेपछि स्थानीयलाई सहज
दोलखाको भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाको सिमानाको घट्टे खोलामा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ ।
नेपाल भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने
जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपाल भित्रिएको जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको महाशाखाले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन
राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल
संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ । समितिको आज (बधुबार) को बैठकमा प्रधानन्यायाधीशविरुद्ध २९ जनाले उजुरी दिएकामा २३ उजुरीकर्ता सहभागी भएका छन् ।
गरिबी कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ ।
समिति खारेज गर्ने निर्णयले काम गर्न अप्ठ्यारो भयो : कार्यकारी निर्देशक गजुरेल
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले सरकारले समिति खारेज गर्ने निर्णय गर्दा काम गर्न अप्ठ्यारो भएको बताउनुभएको छ ।
काठको पोलमुक्त अभियानमा दोलखा वितरण केन्द्र
नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विद्युतीय जोखिम कम गर्न काठका पोल हटाउने अभियानलाई तीव्रता दिएको छ । विद्युत् सेवा भरपर्दो र गुणस्तरीय बनाउन पुराना जीर्ण र काठका पोलमुक्त बनाउने अभियानलाई तीव्रता दिएको हो ।
५५ लाखको सुनसहित एकजना पक्राउ
मकवानपुर प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट आएको प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको यात्रुवाहक बसमा सवार वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किशन साहलाई प्रहरीले बुधबार बिहान रातोमाटे चेकपोष्टबाट सुनसहित पक्राउ गरेको हो ।
भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनः निर्माण
वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनः निर्माण गरिएको छ ।
अनुदानमा ब्याडका बोका वितरण
दोलखाको तामाकोसी गाउँपालिकाले पालिकाभित्रका ३० समूह किसानलाई अनुदानमा ब्याडका बोका वितरण गरेको छ । असल शासन समन्वय समिति, गाउँपालिकाको ७० प्रतिशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतिशत प्राविधिक सहयोगमा ३० वटा ब्याडका बोका वितरण गरिएको पालिका अध्यक्ष प्रोणप्रताप केसीले जानकारी दिनुभयो ।
धमाधम हटाइँदै अव्यवस्थित तार
काठमाडौँ महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ ।
प्रदेश सभाको बैठक बिहीबार बस्दै
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउने अन्तिम तयारी गर्दै गर्दा बागमती प्रदेश सभाको बैठक यही बिहीबार बस्ने भएको छ ।
पार्क निर्माणमा जोड दिँदै अधिकारसम्पन्न बागमती सभ्यता समिति
धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दु तथा बौद्धधर्ममा पवित्र मानिन्छ । वाग्मती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदैछन् ।
घट्दै बजेटको आकार
बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको अन्तिम तयारीमा जुटेको छ। प्रदेश सरकारले आगामी आवका लागि यही असार १ गते ल्याइने बजेटमा सरकारले सञ्चालन गर्ने कार्यक्रम र योजनाको सीमा निर्धारण र चालुतर्फको फजुल खर्च कटौती गर्दै मितव्ययिता अपनाउने जनाएको छ।
मापदण्डविपरीत पशु ओसारपसार
पशु अधिकारको बहस उठ्दै आए पनि राँगाभैँसी सवारीसाधनबाट मापदण्डविपरीत ओसारपसार हुन छाडेको छैन। तराईका विभिन्न स्थानबाट काठमाडौँ लैजाने राँगाभैँसी ओसार्दा सामान्य मापदण्ड पनि पूरा नगर्ने गरेको पाइएको हो। ट्रकमा लैजाँदा नाकमा डोरीले बाँधेर राख्ने, पुच्छरमा डोरीले बाँधेर लैजाँदा काटिने, रगत चुहिने र साँघुरो ठाउँमा राखेर धेरै सङ्ख्यामा लैजाँदा त्यहीँ निसास्सिएर मर्ने जस्ता घटना हुने गरेको छ।
कपडा उद्योग पुनः सञ्चालनमा सेनाको चासो
हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड सञ्चालनमा नेपाली सेनाले चासो देखाएको छ । दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको सो कपडा उद्योग पुनः सञ्चालनमा सेनाले चासो देखाउँदै सरोकारवालासँगको छलफललाई तीव्र बनाएको छ । चीन सरकारको सहयोगमा निर्माण भएको सो उद्योगभित्रको आन्तरिक समस्यासँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा गएपछि तत्कालीन सरकार २०५७ फागुन १ गतेबाट उद्योग बन्द गर्ने निर्णयमा पुगेको थियो ।
प्राचीन सम्पदाको अध्ययन थालियो
सडक विस्तार गर्ने क्रममा बनेपा नगरपालिका वडा नं. १४ भैँसीपाटीमा प्राचीन इँटाको पर्खाल, कुवा, काठ, शिला र ढुङ्गेधारा फेला परेसँगै पुरातत्त्व विभागले त्यसको अध्ययन थालेको छ । सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई फराकिलो बनाउने क्रममा सडक मापदण्डमै प्राचीन सम्पदा फेला परेपछि संरक्षणकर्मीले त्यसमा चासो देखाएका छन् । सडक विस्तारका क्रममा पुरातात्त्विक वस्तु नष्ट भएको र थप नष्ट हुन सक्ने भन्दै विभागले पुरातात्त्विक वस्तु भेटिएको स्थानमा तत्काल काम रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ । परिपत्रपछि सो ठाँउमा विस्तारको कार्य रोकिएको छ । सडक विस्तारका क्रममा पुरातात्त्विक सम्पदा भेटिएपछि पुरातत्त्व विभाग भक्तपुरका प्रमुख यमुना महर्जनको नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको छ ।
वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिने
दोलखाको कालिन्चोक गाउँपालिका – ४ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सो भवनको उद्घाटन गर्नुभएको हो ।
जिप र माइक्रोबस असार १ देखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुने
जिप र माइक्रोबस आगामी असार १ गतेदेखि गोङ्गबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् ।
सगरमाथा आरोहण: ठुला विपदबिनै १७ जनाको मृत्यु
सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नुपर्यो ।