• २८ वैशाख २०८२, आइतबार

५५ लाखको सुनसहित एकजना पक्राउ

blog

बरामद भएको कपडा र सुनसहित पक्राउ परेका किशन साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सार्वजनिक गरिँदै । तस्बिर: राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, जेठ ३१ गते ।
 मकवानपुर प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट आएको प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको यात्रुवाहक बसमा सवार वीरगञ्ज महानगरपालिका –१६ का २२ वर्षीय किशन साहलाई प्रहरीले बुधबार बिहान रातोमाटे चेकपोष्टबाट सुनसहित पक्राउ गरेको हो ।

साहलाई शङ्का लागि शरीर तथा झोला खानतलासी गर्दा निजले लगाएको जुत्ताको नोकभित्र तीन थान सुन फेला परेको थियो । साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा सार्वजनिक गरिएको छ ।

मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले साहको साथबाट सुन जस्तो देखिने पहेँलो धातु ५६१.३० ग्राम फेला परेको जानकारी दिनुभयो । ५४ लाख ४८ हजार ५४२ रुपियाँ मूल्य बराबरको सुनसहित पक्राउ परेका साहमाथि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

यस्तै, प्रहरीले हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चेकपोष्टममा सवारी साधन जाँच गर्ने क्रममा वीरगञ्जबाट पोखरा जाँदै गरेको ग २ ख ६९२ नं. को यात्रुबाट बसको डिक्कीमा लुकाई ल्याएको कपडा बरामद गरेको छ । सय थान साडी र छ सय थान सल गरी एक लाख पाँच मूल्य बराबरको कपडा बरामद गरी प्रहरीले आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको जनाएको छ ।