सरसफाइ र फोहर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरसफाइ तथा फोहरमैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गरेको छ ।
मेलम्ची बाढी : प्रभावित अझै अस्थायी टहरामै
वि.सं. २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठुलो जनधनको क्षति भएको थियो ।
लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु
कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।
कबुलियती वनबाट राम्रो आम्दानी
दोलखामा गठित कबुलियती वन समूहमा आबद्ध गरिब किसानले हैसियत बिग्रेका वन व्यवस्थापन गरी राम्रो आम्दानी गर्न सफल भएका छन् । यस जिल्लाका नौ सय वर्गमिटरभन्दा बढी क्षेत्रफलमा रहेको कबुलियती वन समूहका (डिभिजनका १६४ र गौरीशङ्कर संरक्षणका २१) १८५ समूहले राम्रो आम्दानी गर्न सफल भएको डिभिजन वन कार्यालय प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो ।
कर्मचारीको वैयक्तिक विवरण राख्न सुरु
बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवामा नियुक्ति पाएका कर्मचारीको प्रदेशमा नै वैयक्तिक विवरणसहितको अभिलेख राख्न सुरु गरिएको छ । प्रदेश प्रादेशिक स्तरमा कर्मचारीको वैयक्तिक विवरण राख्ने प्रादेशिक वैयक्तिक विवरण प्रणाली (पिआइएस) पोर्टल राष्ट्रिय किताबखाना (निजामती) ले प्रादेशिक पिआइएस पोर्टलले बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै बुधबारदेखि प्रदेशमा नै अभिलेख राख्न सुरु गरिएको हो ।
चक्रपथ बाहिरका वडामा सिसिटिभी क्यामेरा जडान हुने
ललितपुर महानगरले चक्रपथ बाहिरका वडाहरुमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।
‘रिङ रोड’का टिकट काउण्टरको बोर्ड हटाउने महानगरको निर्णय
काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने भएको छ ।
कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशत
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले बागमती प्रदेश आर्थिक सर्वक्षण २०७९–८० बागमती प्रदेशको प्रदेश सभामा पेस गर्नुभएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र राजदूत सोङबीच भेटवार्ता भएको हो ।
बेटिङ प्रचारमा पक्राउ परेका कलाकार सरकारी वकिल कार्यालयमा
अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
महानगरले बन्द गरायो भृकुटीमण्डपमा सञ्चालित कलेज एक्स्पो
काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा सञ्चालित कलेज एक्स्पो बन्द गराएको छ ।
आर्थिक विधेयकको बुँदा २६,२७ र २९ का व्यवस्था खारेज गर्न माग
बैङ्क तथा वित्तीय संस्थाका छाता संस्थाले मर्जर तथा एक्जिक्युसन (कार्यान्वयन) बाट प्राप्त लाभ र एफपीओ प्रिमियमबाट दिएको लाभांशलाई आय मानेर कर तिर्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रद्वारा सिंहदरबारका कर्मचारीको अनुगमन
राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरूको अनुगमन सुरु गरेको छ । कर्मचारीहरूले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै सतर्कता केन्द्रले बिहीबार सिंहदरबार दक्षिण गेटमा बसेर अनुगमन गरेको हो ।
सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौँ संस्करणको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रदेश आर्थिक सर्वेक्षण आज र बजेट शुक्रबार आउँदै
बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट यही शुक्रबार असार १ गते ल्याइने भएको छ । बागमती प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १ गते शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले बजेट प्रस्तुत गर्ने गरी कार्यसूची तय गरेको छ ।
भ्रष्टाचार रोक्न सूक्ष्म अनुसन्धानदाता खटाउने व्यवस्था गर्नेछु : हरिकृष्ण कार्की
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पूर्व मुख्यसचिव शङ्करदास वैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त
पूर्व मुख्यसचिव शङ्करदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले उहाँलाई सल्लाहकारमा नियुक्त गरेको हो । नियुक्तिसँगै वैरागीले आज बिहानै शपथ लिनु भएको छ ।
पहिरोले कान्ति लोक पथ र सिस्नेरी–फर्पिङ सडक अवरुद्ध
हेटौँडा हुँदै काठमाडौँ जोड्ने कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक पहिरोले अवरुद्ध बनेको छ ।
बुधबारदेखि मनसुन भित्रियो
नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती प्रदेश सभाको बैठक बस्दै
बागमती प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।
मकै उत्पादन घट्ने अनुमान
लामो समयपछि सोमबार र मङ्गलबार बिहान उज्यालो हुनुपूर्व भएको वर्षाले गर्मीबाट केही राहत मिले पनि कृषकका लागि भने यो ‘मरेपछिको औषधी’ जस्तै भएको छ । लामो समयको खडेरीले अन्नबाली विशेष गरी मकै खेती गर्ने चितवनका कृषक यति बेला चिन्तित छन् । मकैको बोट पूरै आगो लाग्ने गरी सुकेको अवस्थामा आएकाले यो पानीले उनीहरूलाई कुनै राहत दिन सकेन ।
जिपबाट खसेर ७० वर्षीय वृद्धको मृत्यु
बेनिघाट रोराङ गाउँपालिका -२ राहुल डाँडास्थित सडकमा ताल्तीबाट मलेखुतर्फ जाँदै गरेको ग.१ ज ७८६७ नम्बरको बोलेरो गाडीबाट खसेर गाडीमा सवार गजुरी गाउँपालिका २ छेबाङ बस्ने ७० वर्षीय मान बहादुर दमाईको मृत्यु भएको छ ।
डिजाइनरलाई मनसुन फेसनको चटारो
नेपालमा मनसुन भित्रन थालेको समाचारले किसानलाई त उत्साहित बनाएको छ नै फेसनको व्यापार व्यवसाय गर्दै आएका डिजाइनरहरूलाई पनि उत्तिकै चटारो थपिएको छ । मनसुन सुरु भएसँगै बाटाघाटामा पनि बढी हिलो र धुलोमैलो हुन्छ, हल्का चिसो बढेको महसुस हुन्छ । यस्तो बेला नियमित काममा जाँदा होस् वा विशेष समारोह वा पार्टीमा जाँदा कस्तो पहिरनमा हिँड्ने भन्ने चिन्ता जो कसैलाई पर्छ । मानिसमा पर्ने यस्तै चिन्तालाई कम गर्न काठमाडौँका फेसनमा डिजाइनरहरू लागिपरेका छन् ।
स्थानीय तहमा बढ्यो बेथिति
जनताको सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय तहले सेवा प्रवाहमा राम्रै काम गरेको भए पनि बेथिति झन् झन् बढ्दै गएको छ। हरेक वर्ष महालेखा परीक्षकको कार्यालयले सुधार गर्न सुझाव दिए पनि स्थानीय तहका बेथिति न्यूनीकरण हुन सकेका छैनन्। महालेखा परीक्षकको कार्यालयले