ललितपुर, जेठ ३२ गते । ललितपुर महानगरले चक्रपथ बाहिरका वडाहरुमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।
नेपाल प्रहरीसँगको सहकार्यमा महानगरले सुनाकोठी, बुङमती, फर्सिडोल,खोकना, धापाखेल नागदह खण्डमा सिसिटिभी क्यामेर जडान गर्न लागेको हो ।
महानगर र जिल्ला प्रहरी परिसरबीच क्यामेरा जडानसम्बन्धी समझदारीपत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकले हस्ताक्षर गर्नुभयो ।
महानगर प्रमुख महर्जनले प्रहरीलाई तीन करोड ५० लाखको चेक हस्तान्तरण गर्नुभयो ।
महानगर प्रमुख चिरीबाबु महर्जनले सिसीटिभी क्यामेरा जडान नभएको रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने बताउनुभयो ।
अबको तीन वर्षभित्र महानगरका सबै सडकमा स्मार्ट सडक बत्ती जडान हुने धारणा राख्दै स्मार्ट सडक बत्ती जडान भएको रुटमा सिसिटिभी क्यामेरा जडान गरिने छ ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गाँस, बास र कपास पछिको आधारभूत आवश्यकता सुरक्षा भएको बताउनु भयो ।
उहाँले सिसिटिभी जडान प्रहरीसँगको महानगरको सहकार्यसँगसँगै नगरवासीको सुरक्षा भएको जानकारी दिनुभयो ।