• ७ जेठ २०८१, सोमबार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

blog

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता । तस्बिर : राष्ट्रिय योजना आयोग

काठमाडौं, जेठ ३२ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र राजदूत सोङबीच भेटवार्ता भएको हो ।

आगामी जुलाई ९ देखि १० सम्म बेइजिङमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सीको आयोजनामा ‘फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट’ को पहिलो उच्चस्तरीय बैठक हुँदैछ । भेटका क्रममा चिनियाँ राजदूत सोङले उपाध्यक्ष श्रेष्ठसँग उक्त बैठकमा नेपालको सहभागिताका सन्दर्भमा समेत चासो राख्नुभएको थियो ।

राष्ट्रिय योजना आयोगले अहिले १६ औँ योजनाको तयारीमा जुटिरहेको छ । १६औँ योजनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको समेत राजदूत सोङले बताउनुभएको छ । उपाध्यक्ष श्रेष्ठले पनि छिमेकी मुलुकका हिसाबले चीन–नेपाल सम्बन्ध सुमधुर रहेको बताउनुभयो । चीनले नेपालका लागि गरिरहेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले धन्यवाद समेत दिनुभयो ।