• १६ चैत २०८०, शुक्रबार

स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

blog

काठमाडौं, जेठ २६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार सङ्घ, प्रदेश र स्थानीय स्तरका सबै अस्पताललाई पत्राचार गर्दै स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरेको हो । 

गर्मीयाम बढेसँगै देशका विभिन्न ठाउँमा विपद्जन्य घटना घट्न सक्ने भन्दै मन्त्रालयले तीनै तहका अस्पताललाई विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गर्ने चौबिसै घण्टा स्वास्थ्यकर्मीको परिचालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

“गर्मीयाम बढेसँगै तराई क्षेत्र लगायत देशका मधेश, पहाडी जिल्लाहरूमा सर्पदंशबाट हुन सक्ने क्षति, आगलागी, झाडा पखला, उच्च ज्वरो जस्ता रोग एवं विपद्जन्य अवस्थामा तत्कालै बिरामीहरूलाई उपचार सेवा पुर्‍याउन सक्ने गरी सङ्घीयसँगै प्रादेशिक अस्पतालहरूले आवश्यकता अनुसारको उपचार व्यवस्था (औषधि, स्वास्थ्य उपकरण, एसी सहितको उपचार कक्ष) तयारी अवस्थामा राख्ने पत्रमा उल्लेख छ ।

स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत स्थलगत निरीक्षणको क्रममा अस्पतालहरूमा स्वच्छ पिउने पानी, उपयुक्त सरसफाइ तथा सङ्क्रमण हुनबाट सुरक्षित गर्न तापक्रम व्यवस्थापनको अभाव भएको पाइएको हुँदा शल्यक्रिया पश्चताका तथा अन्य ठुला घाउचोट भएका बिरामीहरूका लागि तापक्रमको व्यवस्थापन गर्नुका साथै स्वच्छ पिउने पानी र अस्पतालको सरसफाइलाई थप व्यवस्थित गर्न मन्त्रालयले अनुरोध गरेको छ ।