गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २२ गते । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडकपेटीमा फोहोर फाल्ने दुई जनालाई पाँच–पाँच हजार रुपियाँका दरले जरिवाना गरेको छ । महानगर प्रहरी बलका अनुसार काठमाडौंको चाबहिल सडकपेटीमा घरको अगाडि फोहोर राखेका दीपककुमार वन र रेष्टुरेण्टको फोहोर बाहिर राखेकाले डा. करिश्मा पाण्डेलाई जरिवाना गरिएको हो ।
नगर प्रहरी मञ्जु केसीले भन्नुभयो, “जरिवानाको रसिद चाहिँ सडकपेटीमा फोहोर फालेबापत जरिवाना गराइएको हो ।” उहाँले आफ्नो घर, पसल वा बाटोमा नगर प्रहरीको फोहोरको गाडी आउनु अगावै पनि यसरी फोहोर राख्न नहुने र राखिएको अवस्थामा फोहोरको प्रकृति हेरेर जरिवाना एवम् कारबाही हुने बताउनुभयो ।