• १३ वैशाख २०८१, बिहिबार

सुनकोशीमा वेपत्ता सिटिइभिटीका दुई कर्मचारीको शव भेटियो

blog

सशस्त्र प्रहरीका गोताखोर सुनकोशी नदीमा डुबेको गाडी निकाल्दै ।

गोरखापत्र अनलाइन 

यो पनि पढ्नुहोस

अझै भेटिएनन् सुनकोसीमा बेपत्ता कर्मचारी

काठमाडौं, जेठ २३ गते । सुनकोसी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) दुई कर्मचारीको शव गाडीभित्रै भेटिएको छ । 

दुर्घटना भएको आज पाँचौँ दिन नदीबाट गाडी निकालिएपछि शव भेटिएको हो । जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी र इलामका ३२ वर्षीय विद्युत प्राविधिक भानु पौडेलको शव प्राप्त भएको जानकारी सिन्धुलीका एसपी राजकुमार सिलवालले दिनुभयो । सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोसी नदीमा खसेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोरले गाडी भेटाएर नदीबाट बाहिर निकालेका हुन । 

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत प्राविधिक भानु पौडेल सवार हुनुहुन्थ्यो । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किनु भएको थियो भने निर्देशक भुर्तेलको खोजी कार्य जारी छ।