• १५ चैत २०८०, बिहिबार

छात्रवृत्तिको विवरण नबुझाउने ३४२ निजी विद्यालयको नाम सार्वजनिक (सूचीसहित)

blog

काठमाडौं महानगरपालिका ।

काठमाडौं, जेठ २३ गते । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण नबुझाएको ३४२ वटा निजी विद्यालयको नाम मङ्गलबार प्रकाशित गरेको छ ।

महानगरको शिक्षा विभाग प्रमुख सीतराम कोइरालाले पुरानो सङ्घीय शिक्षा नियमावली र काठमाडौं महानगरको नियमावली र ऐनमा छात्रवृत्ति वितरण एवम् यसको विवरण बुझाउनुपर्ने व्यवस्था रहेको बताउनुभयो ।

विभाग प्रमुख कोइरालाले भन्नुभयो, “छात्रवृत्ति वितरण गरेर त्यसको जानकारी दिनुपर्ने भन्ने थियो । कतिपय विद्यालयले छात्रवृत्ति वितरण गरेर पनि त्यसको विवरण उपलब्ध भएन । उहाँहरूलाई हामीले पटक–पटक पत्राचार गरेको हो । सूचना पनि सार्वजनिक गरेका हौँ । त्यसपछि पनि वितरण प्राप्त नभएपछि यो सूची सार्वजनिक गरेका हौँ ।”

उहाँले मङ्गलबार पछिल्लो समयसम्म प्राप्त सम्पूर्ण जानकारी केहीबेरमा पुनः सार्वजनिक हुने जानकारी पनि दिनुभयो ।

विद्यालयले अनिवार्य विवरण बुझाउनै पर्ने भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “नबुझाएर त हुँदै हुँदैन । सरकारीमा पनि निःशुल्क हुनुपर्छ । अब उहाँहरूले के प्रक्रिया गर्नुभयो, त्यो पुग्यो, पुगेन हामीलाई चाहियो ।”

सङ्घीय शिक्षा ऐन तथा काठमाडौं महानगरको नियमावलीमा संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ । यो छात्रवृत्ति गरिब, जेहेन्दार, पिछडिएको क्षेत्र र अल्पसङ्ख्यकलाई लक्षित गरिएको उहाँको भनाइ छ ।