काठमाडौँ, जेठ २४ गते । दोस्रो चरणमा बिस्तार हुन गइरहेको चक्रपथ सडक खण्डको कलङ्कीदेखि महाराजगन्जसम्मको सडकको अवस्था बारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वालाले अनुगमन गर्नुभएको छ ।
भौतिक अवस्था र निर्माणका क्रममा भई रहेका समस्याहरूको समाधान गर्ने लक्ष्यले चाँडै निर्माण सम्पन्न गराउन मन्त्री ज्वाला सहितको मन्त्रालयको टोलीले मङ्गलबार अनुगमन गर्नुभएको हो ।
अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री माननीय नन्दा चपाई, मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल तथा नेपालका लागि चिनिया राजदूत चेन सङ समेत सहभागी हुनु भएको थियो ।
अनुगमनका क्रममा मन्त्री ज्वालाले यो सडक निर्माणका लागि चिनियाँ सरकारलाई धन्यवाद दिनुभयो भने चिनियाँ राजदूत सङले चिनियाँ सरकार यो परियोजना समयमै सफल गर्न चिनियाँ सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो।