शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
फिदिम समाचारदाता
फिदिम, पुस ५ गते । सरकारका कृषि तथा पशुपन्छीमन्त्री डाक्टर मदनप्रसाद परियारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । शुव्रmबार पाँचथरको सदरमुकाम फिदिम आइपुग्नुभएका मन्त्री परियारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका उत्पादनको निरीक्षण गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “आर्थिक उन्नतिका मेरुदण्ड किसान नै हुन् । किसानले गरेका उत्पादनको बजारीकरण र प्रवर्धनमा सरोकारवालाले सघाउनु पर्छ । सरकार पनि त्यसप्रति प्रतिबद्व छ ।”
मन्त्री परियारसहितको टोलीले फिदिम नगरपालिका–४ को आलुचिप्स उत्पादन उद्योगसँगै फिदिम–१२ को रस्टिक स्टोर, मौरीपालन परियोजना र तेह्रथुमको आठराई गाउँपालिकामा निर्मित सेवा केन्द्र भवनको अवलोकन र निरीक्षण गर्नुभएको थियो ।