राममणि दाहाल
हेटौँडा, असार ५ गते । कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका -८ गँगटेस्थित सडकखण्डमा भएको कार दुर्घटनामा चालकको मृत्यु भएको छ ।
बि ए सी–०५३७ नम्बरको कार मङ्गलबार दिउँसो आफैँ अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खोचमा खसेर दुर्घटना हुँदा कार चालक हेटौँडा उपमहानगरपालिका ३ स्थित बसामाडीका वर्ष ३० का विवेक लामाको घटनास्थलमै मृत्यु भएको हो ।
कार सडकबाट खसेर बीचमा अड्किएका लामाको खोजीको क्रममा नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
साथै उक्त कारमा सवार भीमफेदी गाउँपालिका -५ का ४५ वर्षीय राजकुमार बलको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।