रसुवागढीले विद्युत उत्पादन थाल्यो, वार्षिक तीन अर्ब २५ करोड कमाउने
लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो ।
लैङ्गिक हिंसाविरुद्ध नाटक प्रदर्शनी
लैङ्गिक हिंसाविरुद्ध नाटक, सांस्कृतिक कार्यक्रममार्फत जनचेतनात्मक सन्देशसहित महिलामाथि हुने सबै प्रकारका भेदभावविरुद्धको महासन्धि (सिड) को छाया प्रतिवेदनको तयारी गरिएको छ ।
कला–स्रष्टासँग लेखक
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बिहीबार सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा ‘कला–स्रष्टासँग लेखक’ कार्यक्रम सम्पन्न भएको छ ।
सत्र प्रतिशतले बढ्यो राजस्व
चालु आर्थिक वर्ष (२०८१/८२) को चार महिनामा राजस्व सङ्कलन गत आवको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।
कृषिलाई व्यावसायिक बनाउने रणनीति
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समयानुकूल परिमार्जन गर्न जरुरी रहेको बताउनुभएको छ ।
सडक सुधार कार्यक्रममा समझदारी
प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
कीर्तिपुरको निर्वाचनमा मतपत्र दुई वटा हुने
स्थानीय तह उपनिर्वाचन–२०८१ मा कीर्तिपुर नगरपालिकामा दुई प्रकारको मतपत्र हुने भएको छ ।
बाह्र कम्पनीले बुझाए हवाई भाडादर
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका १२ वटा हवाई कम्पनीले सरकारलाई हवाई भाडादरको विवरण उपलब्ध गराएका छन् ।
नदीकिनार मापदण्डसम्बन्धी फैसला पुनरवलोकन हुने
नदीकिनारको मापदण्ड थप २० मिटर कायम गर्ने सर्वोच्चको फैसला पुनरवलोकन हुने भएको छ ।
तीन दिन हल्का वर्षाको सम्भावना
आउँदो तीन दिन कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने सम्भावना देखिएको छ ।
पहिलो पटक गठन हुँदै बाल अदालत
पहिलो पटक बाल अदालत गठनका लागि सिफारिस भएको छ । न्याय परिषद्को बिहीबारको बैठकले अदालत गठन सिफारिस गरेको हो ।
सहकारीका समस्या सम्बोधन गर्न कानुन संशोधनको तयारी
बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्नमाथि कानुनी कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानुन परिमार्जनको प्रक्रिया पनि अगाडि बढाएको छ
काठमाडौँमा दुई जनाको शव फेला
काठमाडौँमा आज दुई जना मृतावस्थामा फेलापरेका छन् । काठमाडौँ महानगरपालिका –१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा नुवाकोट ककनी गाउँपालिका –६ घर भएका २८ वर्षीय भोला पाठक तथा सोही ठाउँको मितेरी पुलनजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि अन्दाजी ५५ वर्षीय पुरुष मृतावस्थामा फेलापरेका केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
चीन भ्रमण सम्पन्न गरी एमाले प्रतिनिधिमण्डल स्वदेश फिर्ता
नेकपा (एमाले) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फिर्ता भएको हो ।
करिब १७ प्रतशितले बृद्धि भयो राजस्व संकलन
चालु आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो ।
पत्रकार भुलको हत्यामा संलग्नलाई कारवाहीको माग
राष्ट्रिय दलित पत्रकार संघ, नेपालले पत्रकार सुरेश भुलको हत्यामा संलग्नलाई कारवाहीको माग गरेको छ । बिहीबार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै हत्या सुनियोजित भएको तथ्य सार्वजनिक गरेको छ ।
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गर्नुभएको छ ।
भाषा पृष्ठ संयोजक उराँव सम्मानित
गोरखापत्रको बहुभाषिक पुष्ठ ‘नयाँ नेपाल’ अन्तर्गतको उराँव भाषा पृष्ठ संयोजक बेचन उराँव सम्मानित हुनुभएको छ ।
बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
देशमा भूमिसम्बन्धी काम २०३५/३६ सालदेखि नै शुरुआत भए पनि अनेक समस्याहरु यथावत देखिन्छन् । केही वर्षअघि मुलुकको भूउपयोग नीति लागू भए पनि त्यसको सही किसिमले कार्यान्वयन नहुँदा भूमिको उपयोगमा अझै विभिन्न समस्याहरु रहेका छन् ।
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम असुल गर्ने, अनलाइन र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तथा बैङ्किङ कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
लैङ्गिक हिंसामा परेका अधिकांशमा मानसिक समस्या
यौन हिंसा लगायत लैङ्गिक हिंसामा परेका अधिकांशमा मनोसामाजिक समस्या देखिने गरेको छ । मानसिक अस्पतालका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीका अनुसार अस्पतालमा आउने अधिकांश यौन तथा लैङ्गिक हिंसामा परेकामा मनोसामाजिक समस्या देखिने गर्छ ।
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सुनको मूल्य एक हजार बढ्यो
आज सुनको मूल्य प्रतितोला रु. एक हजारले बढेर रु. एक लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य रु एक लाख ६३ हजार थियो ।
जङ्गी अड्डामा नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न
प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको छ ।