सुनको मूल्य हालसम्मकै उच्च
स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो ।
नेकपा एमाले सचिवालय बैठक बस्दै
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर
कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।
पहिरोपीडितका लागि दस लाख
बागमती प्रदेश सरकारले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१, डडुवाका पहिरोपीडितलाई राहत तथा पुनस्र्थापनका लागि राहत रकम प्रदान गर्ने भएको छ । बागमती प्रदेशको प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले पहिरोपीडितलाई लक्षित गरी तत्काल राहत तथा पुनस्र्थापनका लागि १० लाख रुपियाँ दिने निर्णय गरेको हो ।
‘लगानी सहजीकरण गर्न सरकार तत्पर’
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासका लागि आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर रहेको बताउनुभएको छ ।
नुन जस्तै अन्य वस्तुमा व्यापार विस्तार गर्न साल्टलाई आग्रह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला उपभोग्य वस्तुको भाउ नियन्त्रण गर्न बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनको दरिलो उपस्थिति हुनुपर्ने बताउनुभयो ।
अन्य राजनीतिक दललाई कमजोर बनाउने हाम्रो नीति होइन : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरू राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताउनुभएको छ ।
स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ
नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशीलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअप एण्ड इन्नोभेशन समिति र अन्नपूर्ण मिडिया नेटवर्कबिच काठमाडौँको जमलस्थित चेम्बर भवनमा बिहीबार आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्यको सम्झौता भएको हो ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उच्च अङ्कले वृद्धि भएको छ ।
सशस्त्र प्रहरी बल छोटो अवधिमै उल्लेख्य कार्य गर्न सफल : गृहसचिव दुवाडी
गृहसचिव गोकर्णमणि दुवाडीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
असोज ७ गतेबाट चाडबाडलक्षित सुपथ मूल्य पसल सञ्चालन हुने
सरकारले चाडबाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीबार साल्टट्रेनिङ कर्पोरेसन लिमिटेडको ६२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सो कुराको जानकारी दिनुभएको हो ।
अत्यावश्यक वस्तुको सहज उपलब्धताको सुनिश्चितता सरकारले गर्छः उद्योगमन्त्री
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडवाडमा दुर्गम क्षेत्रमा अत्यावश्यक वस्तुको अभाव हुन नदिनेगरी सुपथ मूल्यमा खाद्यान्नहरु उपलब्ध गराइने बताउनुभएको छ ।
समायोजनमा जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ ।
घ्याङ्फेदी आवतजावत गर्ने सडक अवरुद्ध
तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउँदा एकबस्तीबाट अर्को बस्तीसँगको सम्पर्कसमेत टुटेको छ । घ्याङ्फेदी माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक प्रेम स्याङताङका अनुसार दुप्चेश्वर –७ शिखरबँेसीबाट दुप्चेश्वर – १ कुदुङस्थित घ्याङ्फेदी जाने मूल सडक खोलाले पूरै कटान गरेको छ
चोरीपैठारी नियन्त्रण गर्न लिइएको रणनीति सराहनीय : अध्यक्ष अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आयात हुने मालवस्तुको मूल्याङ्कनका लागि बजार सर्वेक्षण गरी सङ्कलित सूचनाको आधारमा भन्सार प्रणाली विकास गर्ने व्यवस्थाले निजी क्षेत्रमा अन्योल सिर्जना भएको बताउनुभएको छ ।
विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।
मालश्री ऋतुराग सुरु : प्रवर्द्धनका लागि महानगरपालिकाबाट अर्केष्ट्रा
मालश्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्त्व प्रवर्द्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ ।
निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रूपले स्पष्ट हुन जरुरी रहेको बताउनुभएको छ ।
संवैधानिक निकायका रिक्त पदमा सिफारिस गर्न अध्यक्ष प्रचण्डको सुझाव
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायका रिक्त पदमा सिफारिस गर्नुपर्ने बताउनुभएको छ ।
विमानस्थलद्वारा सुरक्षा जाँचका क्रममा खादा र माला प्रयोग नगर्न आग्रह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफूले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ ।
विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै रु. २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ । काठमाडौँमा बिहीबार भन्सार विभागको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
ट्रान्समिटर चढ्नेदेखि प्रबन्ध निर्देशकसम्म अर्याल
“एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौँला”, कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल आफ्नो स्कुले जीवन सम्झिन थाल्नुभयो ।
बालुवाटारमा प्रधामन्त्री ओली, देउवा र प्रचण्डबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ ।