चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने
काठमाडौँ, भदौ २५ गते । नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एसाेसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उसु महासङ्घ, मार्सल आर्ट अर्गनाइजेसन अफ नेपाल र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिसँग चीनको युनानमा भएको भेटमा युनान विश्वविद्यालयका प्रमुख तथा पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारीले जानकारी दिनुभयो । छलफलमा नेपाल उसु महासङ्घका उपाध्यक्ष अभिषेकविक्रम शाह र उपमहासचिव तथा वरिष्ठ प्रशिक्षक राजीव महर्जन पनि सहभागी हुनुहुन्थ्यो । छलफलपछि नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलको विकासमा सहयोग गर्नेसम्बन्धी दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ । समझदारीपत्रमा उसु महासङ्घका तर्फबाट उपाध्यक्ष शाह र ट्रेडिसनल आर्चरी एशोसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङले हस्ताक्षर गर्नुभएको छ । एघारबुँदे समझदारीपत्रमा प्रशिक्षकहरुको आदानप्रदान गर्ने, नेपाली खेलाडीहरुलाई प्रशिक्षणका लागि विश्वविद्यालय र एसाेसिएसनले अवसर दिने, वर्षमा न्यूनतम एक कार्यक्रम संयुक्त रुपमा गर्ने, नयाँ खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने, परम्परागत आर्चरी र उसु तथा कुस्ती खेलको विकासका लागि सांस्कृतिक आदानप्रदान तथा सामाजिक जागरण गर्ने, प्रतियोगिताहरुमा सहभागिता गराउने तथा खेल जागरण अभियान सञ्चालन गर्ने सहमति भएको छ । यो समझदारीले खेलसँगै सांस्कृतिक पर्यटनमा सहयोग पुग्ने उपाध्यक्ष शाहले बताउनुभयो । छलफलमा राखेप सदस्य कुसारीले चीनले नेपालको खेलसँगै खेल पूर्वाधारको क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएकामा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने अपेक्षा गर्नुभएको सङ्घले जनाएको छ । उपाध्यक्ष शाहले विद्यालय तहदेखि नै आर्चरी तथा उसु खेल सिकाउन सकिए एसियाली र दक्षिण एसियाली खेलकुदमा नेपालले राम्रो नतिजा ल्याउन सक्ने बताउनुभएको थियो । ट्रेडिसनल आर्चरी एसाेसिएसनका अध्यक्ष कोङ, वाङ जोङपिन, वाङ फान समेतले नेपाल असल छिमेकी राष्ट्र भएको स्मरण गर्दै दुईपक्षीय सहयोग आदानप्रदानले जनस्तरमा झनै सम्बन्ध सुदृढ हुने बताउनुभयो । रासस
स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकार मातहतका अस्पतालहरुको अनुगमनको क्रममा काठमाडौँस्थित टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गर्नुभएको छ ।
पन्ध्र लाख खर्चेर बिपी कोइरालाको सालिक निर्माण
नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ । बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो ।
‘ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी बन्न सक्ने’
ललितपुर महानगर– १४ स्थित ताल्चिखेलमा आज स्वस्तिक अस्पतालको उद्घाटन गर्दै प्रमुख महर्जनले दुई वर्ष अगाडि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल नगरपालिका सङ्घले पुरस्कृत गरेको स्मरण गराउनुभयो । उहाँले उक्त पुरस्कारको गरिमा राख्दै स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्ने बताउनुभएको हो ।
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक भएको बताउनुभएको छ ।
बाढीले बगाएर बेपत्ता माझीको शव फेला
बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ ।
सात वर्षपछि राजस्वको स्रोत खोज्दै बागमती प्रदेश सरकार
देश सङ्घीय संरचनामा गएर प्रदेश सरकारले बजेट बनाउन थालेको सात वर्षपछि बागमती प्रदेश सरकारले राजस्वको सम्भावित स्रोतको खोजी गर्न थालेको छ । प्रदेश सरकार सङ्घीय सरकारमा निर्भर हुँदै गएको र वित्तीय सङ्घीयता पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको अवस्थामा बागमती प्रदेश सरकारले बागमती प्रदेशको राजस्व सम्भावित नयाँ स्रोतको खोजी गर्न थालेको हो ।
धादिङको धुनिबेसी सडक खुल्यो
धादिङको धुनिबेसी नगरपालिका ९ मा भारी वर्षापछि झरेको लेदोले अवरुद्ध भएको पृथ्वीराजमार्ग विहान १ बजेदेखि दुई तर्फी सञ्चालन भएको छ ।
न्यूनतम साझा कार्यक्रम ल्याइने, संविधान संशोधनबारे छलफल
सत्ता साझेदार पाँच दलका शीर्ष नेताको बैठकले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच भएको सातबुँदे सहमतिको मर्म अनुसार सत्तासीन दलको मुद्दा समेटेर न्यूनतम साझा कार्यक्रम ल्याउने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सम्पन्न सत्तारूढ दलको बैठकमा सातबुँदे समझदारीका आधारमा सरकार सञ्चालन गर्ने प्रतिबद्धता अनुसार न्यूनतम साझा कार्यक्रम ल्याउने कांग्रेस–एमालेका शीर्ष नेताबिचको सहमतिका सन्दर्भमा सबै दलको एकीकृत धारणा बनाउन छलफल भएको हो । कांग्रेस संसदीय दलका मुख्य सचेतक श्यामकुमार घिमिरे र एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गर्ने विषय, संविधान संशोधन, सरकार सञ्चालन र संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनुभयो ।
सोच बदले रोक्न सकिन्छ आत्महत्या
लगनखेलस्थित मानसिक अस्पतालमा आत्महत्या रोकथामका लागि स्थापना भएको हटलाइन सेवा प्रभावकारी बन्दै गएको छ । आत्महत्या बढ्दै गएपछि संसद्को महिला बालबालिका तथा समाजकल्याण समितिले आत्महत्या रोकथाम गर्न निर्देशन दिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याइएको थियो । मानसिक अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. वासुदेव कार्कीले तीन वर्षको अवधिमा २८ जना व्यक्तिलाई आत्महत्या गर्दैगर्दाको अवस्थामा रोक्न सफल भएको जानकारी दिनुभयो । कतिपय व्यक्तिले अन्तिम अवस्थामा म यो अवस्थामा छु, आत्महत्या गर्नै लागिसकेँ भनेर फोन आउने गर्दछ, डा. कार्कीले भन्नुभयो, “त्यो अवस्थामा नजिकैको प्रहरी र मेडिकल टिमलाई तत्काल खबर गरेर उक्त व्यक्ति भएको ठाउँमा पठाउने गरिन्छ ।”
मेलम्ची खानेपानीमा भ्रष्टाचार : चार जना दोषी ११ लाई सफाइ
विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको छ । निर्माण र परामर्शदाता चार कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनाले अभियोगबाट सफाइ पाएका छन् । पूर्वसचिव भीम उपाध्यक्ष, सञ्जय शर्मा, बहालवाला सहसचिव रुद्रसिंह तामाङलगायत ११ जनाले सफाइ पाएका हुन् । कसुर ठहर भएकाको हकमा अदालतले असोज ७ गते सजाय निर्धारण गर्ने अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताउनुभयो । अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले कसुर ठहर गरेकाले अब सजाय पनि सोही इजलासले निर्धारण गर्ने छ ।
सत्तारुढ दलको बैठक सुरु
सत्तारुढ दलका शीर्ष नेताहरूसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बिपीको चिन्तन अनुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बिपी कोइरालाको दर्शन, सोच र चिन्तनलाई पूर्णरुपले अनुसरण गरी पार्टीलाई अझ बढी सुदृढ बनाउनुपर्ने बताउनुभएको छ ।
वायु प्रदूषण नेपालको जटिल समस्या बन्दै : वनमन्त्री ठकुरी
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषण नेपालमा जटिल समस्या भइसकेको हुँदा वायु प्रदूषण नियन्त्रणका लागि सरकार सजग रहेको बताउनुभएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफल : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पार्नुभएको छ ।
‘तटीय क्षेत्रसम्बन्धी फैसलाको पुनरवलोकनमा जान विलम्ब नगरौँ’
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसलाको पुनरवलोकनमा जान विलम्ब नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
‘बागमती नदी छेउछाउ २० मिटर जग्गा छोड्ने निर्णयमा सरकारले पुनरवलोकन गर्नुपर्छ’
सांसद धवलशमशेर राणाले सरकारले बागमती नदी र त्यसका शाखा छेउछाउ २०-२० मिटर जग्गा छोड्नुपर्ने मापदण्ड लागू गर्दा काठमाडौँका अधिकांश जनता सुकुम्बासीमा परिणत हुनुे अवस्था आउनसक्ने बताउनुभएको छ ।
इन्द्रजात्राको अक्षयकोषलाई १५ करोड बनाउन पहल गर्छु : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताउनुभएको छ ।
जनताको चाहना अनुसारको विकास गर्न सबै एकजुट हुनुपर्छ : राज्यमन्त्री तामाङ
ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङले सबै राजनीतिक पार्टीहरू मिलेर जनताको चाहना अनुसारको विकास गर्नुपर्ने बताउनुभएको छ ।
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
हेटौँडा उपमहानगरपालिका १७ स्थित कठायत चोकमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक युवको मृत्यु भएको छ ।
यसपालि सभापतिमै चुनाव लड्नुपर्ला : सांसद कोइराला
नेपाली कांग्रेसका सांसद डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताउनुभएको छ ।
इथानोल मिश्रण नीति छिट्टै ल्याइने : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताउनुभएको छ ।
तीनदिने गणेश महोत्सव आज समापन गरिँदै
श्री गणेश युवा समिति काठमाडौँद्वारा आयोजित तीनदिने गणेश महोत्सव भगवान् गणेशको विशेष पूजा आराधनासहित आज समापन गरिँदै छ ।
राजस्व बढाउन अध्ययन कार्यदल
बागमती प्रदेश सरकारले राजस्व आम्दानीको क्षेत्र बढाउने उद्देश्यले अध्ययन कार्यदल गठन गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आम्दानीको स्रोत वृद्धिका लागि अध्ययन कार्यदल गठन गरेको हो।