च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु
जिल्लाको कालिका नगरपालिका–२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ । यहाँ १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो ।
नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ ।
न्वाँगी पर्वको अवसरमा मुख्यमन्त्रीद्वारा शुभकामना
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले चेपाङ समुदायको पर्व न्वाँगी (छोनाम) को अवसरमा देश तथा विदेशमा रहनुभएका चेपाङ समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ । चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते प्रकृति पूजक चेपाङ समुदायले पर्व न्वाँगी मनाउँदै आएका छन् ।
रसुवाको पासाङल्हामु मार्ग बन्द
जिल्लास्थित पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबिच मूलखर्कमा सडक अवरुद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारीसाधन रोकिएका छन् ।
धुलिखेल–खावा सडक विस्तार : मालवाहक गाडी दुई दिन नचल्ने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा शनिबारदेखि थप दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।
गृह सचिवको जिम्मेवारीमा दुवाडी
गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाउनुभएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उहाँलाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।
कर्मचारीको व्यवहार र आचरणमा परिवर्तन आवश्यक: प्रमुख सचिव
बागमती प्रदेश सरकारका प्रमुख सचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक प्रशासन सेवालाई प्रभावकारी बनाउन निजामती कर्मचारीको व्यवहार र आचरणमा परिवर्तन आवश्यक भएको बताउनुभएको छ ।
पुरानो कार्यशैलीले सेवाग्राहीलाई सन्तुष्टि दिन सकिँदैन : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले परिवर्तित प्रणालीलाई आत्मसाथ गर्न नसक्ने कर्मचारीले पद ओगटेर बसिरहनु आवश्यक नभएको बताउनुभएको छ। निजामती सेवा दिवसको अवसरमा गोरखापत्रसँगको विशेष कुराकानीमा उहाँले पुरानो कार्यशैलीले अब काम गरेर सेवाग्राहीलाई सन्तुष्टि दिन नसकिने भन्दै यस्तो बताउनुभएको हो।
यी हुन उत्कृष्ट ४० निजामती कर्मचारी (नामावली सहित)
सरकारले निजामती सेवा दिवस २०८१ को अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरिको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा यी ४० जना कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो ।
१३ बिघा जग्गा अतिक्रमणले मत्स्य केन्द्र सङ्कटमा
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाको जग्गा अतिक्रमण हुँदा माछापालनमा समस्या भएको छ ।
आज छोनाम (न्वागी) मनाउँदै चेपाङ समुदाय
चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ ।
नेवाः सांस्कृतिक ज्ञानकोश सार्वजनिक
नेवाः समुदायको सम्पूर्ण जानकारी समावेश गरिएको ‘नेवाः सांस्कृतिक ज्ञानकोश’ राजधानीमा शुक्रबार सार्वजनिक गरिएको छ । नेपाल भाषा एकेडेमीले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा ल्याएको सो ज्ञानकोशका दुर्गालाल श्रेष्ठ, कालु कुम्हाः, यज्ञमानपति वज्राचार्य, सुवर्णकेशरी चित्रकार र श्रीगोपाल प्रजापतिले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । नेवाः सांस्कृतिक ज्ञानकोशमा नेवार समुदायको सम्पूर्ण विवरण समेटिएको छ । ज्ञानकोश ‘नेवाः म्हसीका, ‘संस्कृति व सम्पदा’, ‘भाषा, लिपि व साहित्य’, ‘म्ये, बाजं व प्याखं’ र ‘शिल्प, प्रविधि र ज्ञान’ गरी पाँच भागमा प्रकाशित छ । पाँच भागमा प्रकाशित ज्ञानकोशको पाँचै पुस्तक गरी करिब दुई हजार आठ सय पृष्ठ रहेको छ ।
आजको मौसम: भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
पारिवारिक इजलास निर्देशिका : मुद्दा ‘फास्ट ट्र्याक’ मा सुनुवाइ
पारिवारिक विवादका मुद्दालाई अनिवार्य रूपमा एक पटक मेलमिलापमा पठाउनुपर्ने व्यवस्थासहित निर्देशिका जारी भएको छ । पारिवारिक इजलास सुरु भएको झन्डै एक वर्षपछि सर्वोच्च अदालतले पारिवारिक इजलास सञ्चालन (कार्यविधि) निर्देशिका जारी गरेको हो । २०८० असोज २२ गतेदेखि नेपालमा पहिलो पटक काठमाडौँ जिल्ला अदालतबाट पारिवारिक विवाद मात्र हेर्ने गरी इजलास सुरु भएको थियो । सर्वोच्च अदालतले हालै जारी गरेको निर्देशिकाले मुद्दा दर्ता, म्याद जारी र तामेली, सुनुवाइ, मेलमिलाप तथा आदेश कार्यान्वयन सबैमा प्राथमिकता दिनुपर्ने गरी निर्देशिका जारी गरेको हो । मुद्दामा प्रतिउत्तर परेपछि दुवै पक्षलाई अनिवार्य रूपमा मेलमिलापसम्बन्धी कार्यविधि र व्यवस्थाको जानकारी दिनुपर्ने निर्देशिकामा उल्लेख छ । तोकिएको अवधिमा छलफल गराई मेलमिलापकर्ताले प्रतिवेदन पेस गर्नुपर्ने छ ।
तिजमा साढे तीन लाखले गरे पशुपति दर्शन
हरितालिका तिज पर्वमा साढे तीन लाखभन्दा धेरै श्रद्धालुले पशुपतिनाथ मन्दिरको दर्शन एवं पूजाआराधना गरेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार शुक्रबार बिहान ३ बजेदेखि साँझ ८ बजेसम्ममा चार लाखभन्दा धेरैले मन्दिर दर्शन गरेका हुन् । उहाँले दर्शनार्थी र तिजका व्रतालुलाई सहजै पूजाआराधना गर्ने प्रबन्धका लागि बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहीबार साँझदेखि पूजाआराधनाका लागि व्यवस्थित गरिएको थियो । शुव्रmबार बिहानैदेखि श्रद्धालुका लागि चाहिने सम्पूर्ण सामग्रीसहित सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको थियो ।”
कर्मचारीलाई प्रविधिमैत्री बनाऔँ
सरकारले शनिबार २१ औँ निजामती सेवा दिवस मनाउँदै छ । गत तीन वर्षदेखि नै निजामती सेवा दिवसका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा तय गरिएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आएको हो । सरकारले प्रत्येक वर्ष निजामती सेवा दिवस मनाए पनि स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनले दिने सेवाप्रति आमनागरिक भने पूर्ण रूपमा सन्तुष्ट हुन सकेका छैनन् ।
राजनीतिक परिवर्तनप्रति कर्मचारीको योगदान प्रशंसायोग्य: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरूले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताउनुभएको छ ।
बालीपात्रो बनाएर व्यावसायिक कृषि
काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ढुङ्खर्कका किसान मोहनकृष्ण तिमल्सिनाको बारीभरि बन्दाकोबी र मुला बेच्न तयार छ । सिजनमा सबैभन्दा कम भाउ आउने तरकारीमा पर्ने बन्दाकोबीको न्यूनतम मूल्य कालिमाटीमा नै ५० रुपियाँ छ । तिमल्सिनाले ४० रुपियाँ प्रतिकिलोसम्ममा बेचिरहनुभएको छ । मुलाको सोचे जस्तो मूल्य नआए पनि २० रुपियाँ किलोमै बिक्री भइरहेको छ । तिमल्सिना जस्तै बनेपा नगरपालिका–२, नालाका दिवाकर दाहालले दसैँमा नयाँ आलु बजारमा ल्याउने गरी काम गरिरहनुभएको छ । अहिले बजारमा नयाँ आलुको ६० रुपियाँ किलोको बिक्री हुन्छ ।
उत्कृष्ट ४० जनालाई निजामती पुरस्कार
सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो।
प्रथम महिला पौडेलद्वारा पशुपतिनाथको दर्शन
प्रथम महिला सविता पौडेलले हरितालिका तिजका अवसरमा पशुपतिनाथको दर्शन गर्नुभएको छ। शुक्रबार साँझ प्रथम महिला पौडेल परिवारका सदस्य साथ पशुपतिनाथ मन्दिर पुगेर उहाँले पशुपतिनाथको दर्शन गर्नुभएको हो।
अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारशिला र लोकतन्त्रको प्राणवायु भएको बताउनुभएको छ ।
जर्मनले ५१ मिलियन युरो अनुदान सहायता गर्ने
नेपाल सरकार र जर्मन सरकारबिच विकास सहायतासम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ ।
बहुवर्षीय ठेक्का सहमति प्रक्रिया अघि बढाउन अर्थको पत्राचार
अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षीय ठेक्का सहमतिको प्रक्रिया अघि बढाउन विषयगत मन्त्रालय र सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र खाद्यबीच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।