यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही हुन्छः मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
भकारी बिक्री गर्न हिँडेका महिला उद्यमी
नुवाकोट, मङ्सिर २ गते । धादिङबाट धुन्से–भकारी बिक्रीका लागि शनिबार नुवाकोटको त्रिशूलीमा आएका महिला उद्यमीहरु । बाँसको चोया र निगालोबाट बनेका हस्तकलाका सामग्री गुणस्तरीय हुने हुँदा गाउँघरमा यसको माग धेरै छ ।तस्बिरः रासस
अफगानिस्तानविरुद्ध १३ वर्षपछि नेपालको जित
जिलेस्पीजङ्ग कार्की र रोहित चन्दको गोलको सहयोगमा नेपालले शनिबार तीनदेशीय अन्तर्राष्ट्रिय मैत्री फुटबल शृङ्खलामा अफगानिस्तानलाई २–० ले हराएको छ ।
बाढीपहिरो प्रभावित पालिकालाई रकम
सरकारले गत असोज १० देखि १२ गतेसम्मको बाढीपहिरो र डुबानबाट प्रभावित रामेछापका सबै पालिकालाई क्षति पु¥याएका स्थानका वस्तु, सेवा तथा संरचनाको मर्मतसम्भार तथा व्यवस्थापनका लागि रकम पठाएको छ ।
पुनर्निर्माणमा तिनै तहको सरकारको समन्वय
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बाढीपहिरोबाट क्षति भएका जिल्लामा तिनै तहको सरकारको सहकार्यमा पुनस्र्थापना र पुनर्निर्माणको काम अघि बढाइने बताउनुभएको छ ।
माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति एमालेको आपत्ति
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लगाएको लाञ्छनाप्रति नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।
गौरीशङ्करमा चुनावी रौनक कडा प्रतिस्पर्धामा चार महिला उम्मेदवार
दोलखाको गौरीशङ्कर गाउँपालिकामा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको जिल्लाका दलहरूले प्रतिस्पर्धात्मक रूपमा प्रचारप्रसार गरेका छन् । आजदेखि आचरसंहिता लागु भएको छ भने मनोनयन दर्ता पनि आज नै हो ।
खाइतुको ‘इन्द्रिय रङ्गहरू’
शिक्षाका अभियन्ता तथा लेखक इन्द्रप्रसाद खाइतुको दोस्रो कृति ‘इन्द्रिय रङ्गहरू’ (आत्मकथा) कृति, गुरु वन्दना गीत र पाठशाला गान एकसाथ लोकार्पण गरिएको छ ।
नसामुक्त नेपालका लागि पदयात्रा
भगवती मानव कल्याण सङ्गठनले मङ्सिर ७ गते नसामुक्ति जनजागरण पदयात्रा गर्ने भएको छ ।
‘जलवायु वित्त ऋण होइन अनुदान’
विश्वका विकसित राष्ट्रले जलवायु परिवर्तनको असर भोगिरहेका कार्बन उत्सर्जन नगर्ने देशहरूलाई प्रदान गर्ने प्रतिबद्धता गरेका जलवायु वित्तलाई ऋणका रूपमा नभई अनुदानका रूपमा प्रदान गर्नुपर्ने मागसहित ध्यानाकर्षण गराइएको छ ।
चीनको अनुभवबाट नेपालले लाभ लिनुपर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा त्यहाँको अनुभवबाट सिकेर नेपालले फाइदा लिन सक्नुपर्ने कुरा प्राथमिकतामा राख्न विज्ञहरूले सुझाव दिएका छन् ।
स्थानीय तह उपनिर्वाचन, आज उम्मेदवारी दर्ता
स्थानीय तह उपनिर्वाचन २०८१ का लागि मङ्सिर २ गते आइतबार उम्मेदवारी दर्ता हुँदै छ ।
सिटिइभिटीको परीक्षा बोर्डबाटै
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित शिक्षालयको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको काम राष्ट्रिय परीक्षा बोर्डबाट गर्ने तयारी भएको छ ।
आयोग–मेडिकल कलेज द्वन्द्व, सात सय विद्यार्थीको भविष्य अन्योलमा
चिकित्सा शिक्षा आयोग र निजी मेडिकल कलेजहरूको द्वन्द्वका कारण चिकित्सातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने सयौँ विद्यार्थी पोस्ट ग्य्राजुएट (पिजी) अध्ययन गर्नबाट वञ्चित हुने भएका छन् ।
कीर्तिपुर प्रमुखमा काँग्रेसबाट डङ्गोल उम्मेदवार
मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत नेपाली कांग्रेसले काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिकाको नगर प्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
श्रम शिविर–धान चुटाई
नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट अखिल नेपाल किसान महासंघको ‘श्रम शिविर’अन्तर्गत महासंघको काभ्रेपलान्चोकको मण्डनदेउपुर नगर कमिटिद्वारा आयोजित कार्यक्रममा शनिबार मण्डनदेउपुरमा धान चुट्दै ।
माओवादी केन्द्र समाप्तिको बाटोमा छ : पूर्वमन्त्री गुरुङ
सत्तारुढ नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र) समाप्तीको बाटोमा रहेको बताउनुभएको छ ।
श्रमको सम्मान नगरी मानिस बन्न सकिदैन : मन्त्री भट्टराई
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिई किसान र श्रमलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
राजनीतिकरुपले बुद्ध धर्म दुरुपयोग गर्न मिल्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा कुनै विभाजन हुन नहुने बताउनुभएको छ । बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कामलाई निषेध गर्नुपर्ने उहाँको भनाइ छ ।
खेल राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्त्वपूर्ण छ: सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले खेल खेल्नका लागि मात्रै नभएर राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
‘सहकारीमा देखिएको समस्या समाधान हुनैपर्छ’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य तथा प्युठान–१ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएका सूर्यबहादुर थापा क्षेत्री एक कुशल युवा नेता तथा सांसद हुनुहुन्छ ।
भालुको आक्रमणबाट वृद्धको मृत्यु
सिन्धुलीको मरिण गाउँपालिका-१ कात्तिके निवासी ७२ वर्षीय गोपीलाल घिसिङको जङ्गली भालुको आक्रमणबाट मृत्यु भएको छ ।