महिलाको जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु प्रमुख कार्यभार : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु अबको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।
चाडपर्वले विविधताभित्रको एकतालाई बलियो बनाउँदै आएको छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कूरीति अन्त्यगरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
तीज पर्व सशक्तीकरणको प्रतीकः अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले नेपाली दिदीबहिनी आगामी दिनमा आर्थिक, सामाजिक र राजनीतिक रुपले नेतृत्वदायी भूमिकामा आउने प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
घोप्टेभीरमा पहिरो आएपछि मुग्लिङ सडक अवरुद्ध
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको घोप्टे भीरमा आएको पहिरोले गर्दा मुग्लिङ मलेखु सडक अवरुद्ध भएको छ ।
पशुपतिमा दर्शनार्थीकाे भीड (फोटो फिचर)
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । हरितालिका ९तीज०मा पशुपतिमा दर्शनार्थी भीड लागेको छ ।
ठुला पूर्वाधार निर्माण भरतपुर केन्द्रित
सहरीकरणको क्रममा पूर्वाधार निर्माण भरतपुरमा मात्रै केन्द्रित हुँदा चितवनका अन्य पालिकामा विकास निर्माणको कार्य गति लिन सकेको छैन । सघन सहरी तथा भवन निर्माण कार्यालयको ७४ वटा विकास निर्माणका कार्यक्रममध्ये ३९ वटा पूर्वाधार निर्माणका काम भरतपुर महा
स्याँलेखोलामा पुल निर्माण
सुनकोशी गाउँपालिका–४, स्याँलेखोलामा पुल निर्माण भएको छ । सुनकोशी गापा–४ का वडा सदस्य राजु खड्काका अनुसार सुनकोशी गाउँपालिकाको १४ लाख रुपियाँमा पुल निर्माण भएको हो ।
प्रदेश प्रमुख देवकोटाद्वारा तिजको शुभकामना
बागमती प्रदेशका प्रमुख दिपकप्रसाद देवकोटाले हिन्दू महिलाको प्रमुख पर्व हरितालिका तिजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
चार किमी पार गर्न घण्टौँ
निर्माण व्यवसायी कम्पनीले समयमा नै सडक विस्तारको काम समयमा सम्पन्न नगर्दा अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा वर्षायाम सुरु भएसँगै यात्रुले दैनिक घण्टौँसम्म सास्ती बेहोर्न बाध्य भएका छन् । वर्षा सुरु भएसँगै विस्तार भइरहेको अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा वर्षाका कारण हिलो भई दैनिक सवारीसाधन फस्ने समस्याका कारण चार किलोमिटर दुरीको यात्रा गर्न नागरिकले घण्टौँसम्म कुर्नुपर्ने अवस्था छ ।
तीज पर्व असमानता अन्त्य गर्न अग्रसर: उपसभामुख राना
उपसभामुख प्रतिनिधि सभा इन्दिरा रानाले हिन्दु महिलाहरूको सांस्कृतिक पर्व तीजले असमानता अन्त्य गर्न तर्फ अग्रसर हुने बताउनु भएको छ । उहाँले हिन्दु महिला दिदीबहिनीहरूले भव्य रूपमा हरितालिका तीज मनाउन समेत शुभकामना दिनुभएको छ ।
नदी किनारका संरचना भत्काउने फैसलाविरुद्ध पुनरवलोकनमा जान सुझाव
काठमाडौँ उपत्यकाका नदी र खोलाको बहाव क्षेत्र निर्धारणका सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेशका कारण उत्पन्न हुने परिस्थितिको अध्ययन र पुनरवलोकनका लागि पुनः अदालत जानुपर्ने पहल एकसाथ सुरु भएको छ । महानगरका मेयर बालेन शाहले यो सूचना जारी गरेपछि अहिले उपत्यकाभरिका थुप्रै मानिस यसको विरोधमा छन् ।
कुमारी (कन्या) को सामूहिक पूजा
नेवार समुदायमा जीवित देवीका रूपमा पुजिने कुमारी (कन्या) लाई सामूहिक रूपमा पूजा गरिएको छ । वसन्तपुर दबलीमा १०८ कन्याहरूको सामूहिक पूजा गरिएको हो । श्री श्री श्री कुमारी भक्तजन सेवा समितिको आयोजनामा बिहीबार कन्या श्रीकुमारी पूजा गरेको हो । कुमारी पूजा बिहान १० बजेदेखि सुरु भएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष तथा कुमारी घरका मुख्य चिताइदार गौमत शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेवार समुदायको परम्परामा कुमारी पूजा गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।” शाक्यका अनुसार नेपालमा जीवित देवी कुमारीहरूलाई राष्ट्ररक्षकका रूपमा मान्ने परम्परा रहेको हुनाले हरेक वर्ष साना नानीलाई सम्मान तथा पुजिने गरिएको हो ।
मनाइयो गुँला पर्व
नेवार समुदायले चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना गुँला पर्वमा बाजागाजाका साथ स्वयम्भूमा भोज (पारु भ्वय्) खाएर सम्पन्न गरिएको छ । एक महिना मनाइने गुँला पर्वमा अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । नेपाल संवत् अनुसार दसौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, अरूको उपकार गर्ने कामलाई जनाउने संस्कृतविद् डा. चुन्डा वज्राचार्यले जानकारी दिनुभयो । उहाँले गुँला पर्वको अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको बताउँदै विशेष गरी बौद्धमार्गीको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका बताउनुभयो ।
फेम्बोसाको अध्यक्षता नेपाललाई
निर्वाचन व्यवस्थापनका लागि आगामी दिनमा गर्नुपर्ने सुधारका पक्षमा १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै दक्षिण एसियाली निर्वाचन व्यवस्थापन गर्ने निकायको साझा मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलन सम्पन्न भएको छ । काठमाडौँमा बुधबारदेखि सुरु भएको सम्मेलन बिहीबार सम्पन्न भएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्मेलनले निर्वाचनलाई थप सहभागितामूलक र समावेशी बनाउन सदस्य राष्ट्रका निर्वाचन व्यवस्थापन गर्ने निकाय सहमत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशबाहिर रहेका मतदान गर्न योग्य नागरिकलाई सम्बन्धित देशमा प्रचलित कानुन अनुरूप निर्वाचन प्रक्रियामा समावेश गर्ने विषयमा सदस्य राष्ट्रले प्रतिबद्धता व्यक्त गरेका छन् ।”
उडान सुरक्षा प्रणालीको कमजोरी
गत साउन ९ गते काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे गठित जाँचबुझ समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा गठित आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई प्रतिवेदन बुझाएको हो ।
सेनाको गुडिरहेको गाडीमा आगलागी
उत्तरी मकवानपुरको थाहा नगरपालिका ४ दामनस्थित त्रिभुवन राजपथ सडक खण्डमा गुडिरहेको अवस्थामा नेपाली सेनाको गाडीमा आगजनी भएको छ।
प्रशासनिक सङ्घीयतामा जान नसक्दा सेवा प्रवाहमा असर : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सङ्घीय निजामती विधेयकलाई छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ ।
वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनः गठन आवश्यक : उपाध्यक्ष सापकोटा
पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनः गठन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली महिलाको सहभागिता उदाहरणीय छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लैङ्गिक समानताका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली महिलाको सहभागिता उदाहरणीय रहेको बताउनुभएको छ ।
‘शिक्षा क्षेत्रका समस्या समाधान सरकारको पहिलो प्राथमिकतामा’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
हरितालिका (तिज) : पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेशमा रोक
हरितालिका (तिज) पर्वका अवसरमा पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिइने भएको छ ।
मन्त्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भेटवार्ता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ ।
पर्यटनका दृष्टिकोणले सुदूरपश्चिम भर्जिन क्षेत्र हो: मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताउनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी शहरबिच भगिनी सम्बन्ध
कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी शहरबिच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबिच कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की र जापानको ओत्सुकी शहरको प्रान्तीय सभाका सभापति उजुकी मासाइतोले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।