मन्त्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भेटवार्ता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ ।
पर्यटनका दृष्टिकोणले सुदूरपश्चिम भर्जिन क्षेत्र हो: मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताउनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी शहरबिच भगिनी सम्बन्ध
कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी शहरबिच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबिच कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की र जापानको ओत्सुकी शहरको प्रान्तीय सभाका सभापति उजुकी मासाइतोले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
चेपाङ बालबालिकालाई तिजको दर
नेपाल प्रेस युनियन चितवनले चेपाङ बालबालिकालाई तिजको दर खुवाएको छ । रत्ननगर नगरपालिकाको टिकौलीमा रहेको चेपाङ संरक्षण केन्द्र पुगेर युनियनले बिहीबार दर खुवाएको हो ।
उद्धारपछि स्वदेशमै आत्मनिर्भर बन्दै बेचिएका चेली
धादिङकी उर्मिलाको फेसबुकमा एक जना नचिनेको मान्छेले अनुरोध पठायो । उर्मिला आफूले नचिनेको भए पनि उसले आफूलाई चिनेको होला भनेर अनुरोध स्वीकार गरिन् । फेसबुकमा साथी बनेपछि कुराकानी हुँदै गयो । कुराकानी हुँदै गर्दा एक दिन रमेश नाम बताउने ती व्यक्तिले उर्मिलालाई कत्ति पनि पैसा नलिई कुवेत पठाइदिने प्रलोभन देखाए ।
दसैँका सामान बोकेका कन्टेनर न्यालममै अड्किए
दसैँ लक्षित सामान बोकेर चीनबाट तातोपानी आउन लागेका ९३ वटा कन्टेनरहरू खासा र न्यालम क्षेत्रमा तीन सातादेखि अलपत्र अवस्थामा रोकिएका छन् ।
संविधान विपरीत अभिव्यक्ति दिने छुट कसैलाई छैन : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउनुभएको छ ।
नेपाल प्रहरीमा उमेर हदसम्बन्धी मुद्दाको सुनुवाइ जारी
सर्वोच्च अदालतमा नेपाल प्रहरीमा उमेर हदसम्बन्धी मुद्दाको सुनुवाइ जारी छ । बिहीबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाइ जारी रहेको छ ।
डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै
मकवानपुरमा दिनहुँ डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् ।
राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आउनुभएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले शिष्टचार भेट गर्नुभएको छ ।
६० जनामा हैजा
बागमती प्रदेशको दुई जिल्लाका ६० जनामा हैजा पुष्टि भएको छ । प्रदेशको ललितपुरमा ५० र काठमाडौँमा १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भदौ १९ गते बुधबारसम्म यस प्रदेशमा गत साउनदेखि हालसम्म ६० जनामा हैजा सङ्क्रमण भएको जानकारी दिएको छ ।
मानव बेचबिखनविरुद्धको दिवसमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना दिनुभएको छ । “तीनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ मनाउन लागिएको मानव बेचबिखन विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले शुभकामना व्यक्त गर्न भएको हो ।
काठमाडौँबाट बेपत्ता युवतीको शव मकवानपुरमा फेला
काठमाडौँबाट बेपत्ता भएकी एक युवतीको शव मकवानपुरको बागमती गाउँपालिका ९ बेतिनी गैरीजँगारस्थित बागमती नदी किनारमा फेला परेको छ ।
त्रिचालिस परिवारको त्रिपालमुनि बास
रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–१ का विभिन्न स्थानमा ४८ भन्दा बढी घरपरिवार पहिरोको जोखिममा परेका छन् । यही भदौ ८ गते रातिको अविरल वर्षापछि गएको पहिरोले सो वडाका विभिन्न बस्तीमा गरी ४८ घरपरिवार जोखिममा परेका हुन् । दोरम्बा सैलुङ गाउँपालिका–१ स्थित पात्लेमा तीन घर, मङ्सिरेमा छ घर, नागीमा दुई
सात वटा सहकारीलाई कारबाही गर्न सिआइवीमा पत्राचार
४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाएको छ । अनुसन्धानका लागि लेखि पठाएका सहकारीहरूमा ६ वटा बचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारी छन् ।
पहिरोले कान्तिलोकपथ अवरुद्ध
वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
मेलम्ची बाढिपीडितले तीन महिनादेखि पाएका छैनन् अनुदानबापतको रकम
यहाँका मनसुनजन्य विपद् प्रभावित तथा बाढिपीडितले विगत तीन महिनायता अनुदानबापतको रकम पाउन सकेका छैनन् । लाभग्राहीले घर निर्माण गरेबापत अघिल्लो आर्थिक वर्षमा पाउनुपर्ने रकमसमेत नपाउँदा समस्या भएको गुनासो छ ।
पूर्वाधार विकास मोडेलमा परिवर्तन आवश्यक छ
पूर्वाधार विकासको पुरानो मोडेल परिवर्तन गरी नयाँ मोडेल बनाउन आवश्यक भएको बताउनुहुन्छ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल । मोडेल परिवर्तन गरेर मात्रै विकासले गति लिने हो र ? सडकको दुरवस्थाका कारण दैनिक जसो दुर्घटनाका समाचार सुन्नु पर्छ । दुर्घटना न्यूनीकरणको योजना, असारे विकासको गलत भाष्य तोड्ने र विकास परियोजना समयमा सम्पन्न गर्न र बढ्दो बेरुजु घटाउन के कस्ता योजना अघि सारिएको छ भन्ने विषयमा मन्त्री दाहालसँग गोरखापत्रका भउचप्रसाद यादवले गरेको कुराकानी : पछिल्लो समय बढेको सडक दुर्घटनाका कारण ठुलो मानवीय क्षति भएको छ । सडकको दूरवस्थाका कारण दुर्घटना बढेको टिप्पणी हुने गरेको छ, यसको न्यूनीकरणका लागि मन्त्रालयले के कस्ता योजना अघि सारेको छ ? यसअघि निर्माण भएका सडक सुरक्षित बनाउने अभियानमा मन्त्रालय लागेको छ
मकै सुक्ने र घोगा नलाग्ने समस्या
सरकारले नै वितरण गरेको बिउका कारण किसानले समस्या भोग्नु परेको छ । स्थानीय सरकारले वितरण गरेको बिउ रोपेका धादिङ थाँक्रेका किसान मकै नफलेर मर्कामा परेका छन् । धादिङको थाक्रे गाउँपालिका–६ का अधिकांश किसानको मुख्य बाली मकै हो । मकै लगाउने बेला वडा कार्यालयले ५० प्रतिशत अनुदानमा बिउ लिन आउनु भनेर सूचना जारी गरेपछि यहाँका झन्डै ३३५ घरधुरीले वडाले बाँडेको सिपी ८०८ जातको मकैको बिउ ल्याएर रोपे । वडाले बाँडेको उन्नत जातको बिउ रोपेर धेरै मकै फलाउने अपेक्षा गरेका यहाँका किसान अहिले मकैको बोटमा घोगा नै नलाग्ने, लागि हाले पनि घोगाभित्र दाना नहुने र भएको पनि कुहिएपछि निराश छन् ।
आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक
सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।
धुलिखेल–खावा सडकमा मालवाहक गाडी सञ्चालनमा रोक
अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा, युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको छ ।
प्रधानसेनापति शर्माको बिदाइ
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । उहाँ करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी अवकाश हुन लाग्नुभएको हो ।
सडक मर्मत शुल्कबापत झन्डै आधा खर्ब सङ्कलन
पछिल्लो नौ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत झन्डै आधा खर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ देखि आव २०८०/८१ सम्म ४५ अर्ब ८० करोड रुपियाँ सङ्कलन भएको हो । सडक मर्मत शुल्कबापत पेट्रोल प्रतिलिटरमा चार रुपियाँ र डिजेलमा दुई रुपियाँ सङ्कलन गरिँदै आएको छ । पेट्रोलियम पदार्थ आयात हुने भन्सार विन्दुमा सो शुल्क उठाउने गरिन्छ । जुन रकम सरकारको खातामा सिधै जम्मा हुने गर्छ ।