• २ मंसिर २०८१, आइतबार

नसामुक्त नेपालका लागि पदयात्रा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २ गते । भगवती मानव कल्याण सङ्गठनले मङ्सिर ७ गते नसामुक्ति जनजागरण पदयात्रा गर्ने भएको  छ । नसामुक्त नेपाल–समृद्ध नेपालको मूल नारासहित काठमाडौँ उपत्यकास्तरीय पदयात्रा आयोजना गरिने भएको हो । पदयात्राको माध्यमबाट तीन तहका जनप्रतिनिधि एवं सरोकारवाला निकायलाई ज्ञापनमार्फत देशलाई नसामुक्त घोषित गर्न खबरदारी गरिने छ । पदयात्रामा सयौँ व्यक्ति १० किलोमिटरको पदयात्रामा सहभागी हुने छन् । कार्यक्रम अन्तर्गत नसामुक्त नेपालका लागि हस्ताक्षर सङ्कलन अभियान पनि सुरु भइसकेको छ ।