बढी दुर्घटना हुने स्थानमा ट्रमा सेन्टर बनाउन छलफल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँमा ट्रमा सेन्टर निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय अवधारणा अनुसार सम्बन्धित मन्त्रालयबिच छलफल भइरहेको जानकारी दिनुभएको छ । सडक दुर्घटनामा तत्काल उद्धार नभएकै कारण यात्रुले अनाहकमा ज्यान गुमाइरहेको बताउँदै उहाँले यसका लागि दुर्घटनाग्रस्त क्षेत्रमा ट्रमा सेन्टर आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।
१४ किलो चरेससहित दुईजना पक्राउ
मकवानपुर प्रहरीले १४ किलो चरेससहित दुईजना पक्राउ गरेर प्रहरीले आइतबार सार्वजनिक गरेको छ।
नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ ।
चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड
दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ ।
मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यकः चेम्बर
मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् । आइतबार नेपाल चेम्बर अफ कमर्सका पदाधाकारीहरुको टोलीले नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँगको भेटका क्रममा यस्तो ध्यानाकर्षण गराएका हुन् ।
संरचना बनाउँदा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसला पुनरवलोकन गर्नुपर्छ : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले काठमाडौँ उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । आइतबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुको भेटमा मुख्यसचिव अर्यालले यस्तो बताउनुभएको हो ।
वरिष्ठ पत्रकार उपाध्यायको निधन
वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको निधन भएको छ । उपाध्यायको ८४ वर्षको उमेरमा आइतबार अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा निधन भएको हो ।
नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर कार्यसम्पादन गर्नुपर्ने : प्रहरी महानिरीक्षक कुँवर
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरु थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
चेपाङ समुदायले मनाए ‘न्वागी’
चेपाङ समुदायले महान् चाड ‘न्वागी’ चितवन जिल्लामा धूमधामसँग मनाएका छन् । चितवनमा चेपाङहरूको बाक्लो बसोबास रहेको कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका बस्तीहरूमा यो पर्व मनाइएको हो ।
ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड
नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ ।
नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै होः मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताउनुभएको छ । भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।
‘जनताका अधिकार रक्षा गर्नेतर्फ लागौँ’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ता जनताका अधिकार रक्षा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
देगु तलेजुको पुनःनिर्माण सम्पन्न
नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।
पहिरोबाट लापिलाङवासीको उठिबास
दोलखाको कालिञ्चोक गाउँपालिका–५, लापिलाङमा गत केही वर्षदेखि वर्षामा आएको पहिरोले धेरैको उठिबास बनाएको छ । हाम्रो कालै बनेर आएको पहिरोले गाउँ नै उठिबास बनाइसकेको पहिरोपीडित ८२ वर्षीय श्यामबहादुर श्रेष्ठले दुःखेसो पोख्नुभयो । वर्षा सुरु भएसँगै उहाँ सधैँ त्रासमा हुनुहुन्छ । बिहानदेखि साँझसम्म उज्यालो हुँदा गाउँको यताउता डुल्नुहुन्छ, टोलाउनुहुन्छ । पहिरो आसपास हेर्नु हुन्छ । नयाँ मान्छे आए उनीहरूका छेउ पुगेर पीडाका कुरा सुनाउनुहुन्छ । टोलाउन थालेको पाँच वर्ष पुग्यो ।
मकवानपुरमा मातृ मृत्यु शून्य
मातृ तथा शिशु सुरक्षा, पोषण, सचेतनाका कार्यक्रम सञ्चालन हुन थालेपछि आमा र शिशुको स्वास्थ्यमा सुधारसँगै पछिल्लो समयमा मातृ मृत्युको दर घट्दै गएको छ । मकवानपुर जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा मातृ मृत्यु शून्य रहेको जनस्वास्थ्य कार्यालय, मकवानपुरले जनाएको छ । सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जिल्लास्थित स्वास्थ्य संस्थामा दर्ता भएको अभिलेख अनुसार मकवानपुरमा गत आवमा मातृ मृत्यु शून्य र नवजात शिशु ११ जनाको मृत्यु भएको छ ।
देशभर मनसुनी वायुको प्रभाव यथावत
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अभियानले ब्रान्डिङ हुँदै मही
नेपाली डेरी एसोसिएसनले सुरु गरेको मही खुवाउने अभियानले एक वर्ष पूरा गरेको छ । गत साउनबाट सुरु भएको यो अभियान प्रत्येक हप्ताको शनिबार सञ्चालन हुन्छ । नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्ट्स नेपाल प्रालिबिच सम्झौता भएर काठमाडौँको दरबारमार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रीवितरण हुने हाटबजारमा प्रत्येक शनिबार एसोसिएसनले निःशुल्क मही खुवाउने गरेको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले त्यही बजारमा प्रत्यक्ष ठेकीमा मही बनाएर त्यहाँ आउने ग्राहक तथा अवलोकनकर्तालाई निःशुल्क खुवाउँदै आएको बताउनुभयो ।
गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
सबै स्थानीय तहमा ‘एफटिटिएच’
सरकारी लगानीको नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा फाइबर टु दी होम (एफटिटिएच) इन्टरनेट पुर्याउने भएको छ । टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले नवीनतम प्रविधिको अवलम्बनसहित सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्याउन एफटिटिएच विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । “सबै स्थानीय तहमा क्रमिक रूपमा एफटिटिएच पुर्याउने गरी योजना बनाएका छौँ,” उहाँले भन्नुभयो ।
आज ऋषिपञ्चमी पर्व मनाइँदै
ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
गुणस्तरीय विधेयक मात्र दर्ता गर्न सुझाव
संसदीय समितिले विधेयकमा हुनुपर्ने विषयवस्तु सुधार गरेर मात्रै संसद् सचिवालयमा विधेयक दर्ता गर्न सरकारलाई सुझाव दिएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गर्दा सरकारलाई विधेयकका अन्तरवस्तु तथा गुण अपुग भएको भन्दै सो सुझाव दिएको हो । समितिले गत आर्थिक वर्षमा गरेका कामको विवरण सभासमक्ष पेस गरेको हो ।
इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल
इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग सम्बन्धित विविध व्यक्तिसँग ‘मजिपाः लाखेननी’मा छलफल भएको छ।
वायु प्रदूषणसम्बन्धी नीतिको ड्राफ्ट हुँदैछः उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।