प्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण
थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्यक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताललाई ४५ लाखको सामग्री प्रदान
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको अन्तर्गत रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाले भक्तपुरस्थित सूर्यविनायक नगर अस्पताललाई मेडिकल उपकरण तथा औषधी हस्तान्तरण गरेको छ।
राजदूत नियुक्तिलाई समावेशी बनाउने परराष्ट्रमन्त्रीको प्रतिबद्धता
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाउनुभएको छ । सोमबारको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
'सार्वजनिक बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने'
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले चिकित्सकहरूकै सहमतिमा सार्वजनिक बिदाका दिन सरकारी अस्पतालहरूको ओपिडी सेवा सञ्चालन गरिने बताउनुभएको छ ।
प्रधानमन्त्रीलाई उपत्यका सडक विस्तार सङ्घर्ष समितिको ध्यानाकर्षण
काठमाडौँ उपत्यकाका खोला किनारमा थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयप्रति आपत्ति जनाइएको हो ।
मर्मत र रङ्ग रोगन हुँदै गणेश, भैरव र कुमारीको रथ
वसन्तपुरस्थित कुमारी घर अगाडि श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ मर्मत तथा रङ्ग रोगनका लागि बाहिर निकालिएको छ भने यसले काठमाडौँमा इन्द्रजात्रा आगमनको सङ्केत गर्दछ ।
नागरिकलाई खुसी बनाउने गरी सरकारले काम गरिरहेको छ: उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुसी बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ ६ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ह्वील स्टेरिङ लक भएपछि विमान ‘डाइभर्ट’
काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ ।
राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानसेनापतिलाई दर्ज्यानी चिन्ह प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक बिपी कोइराला
नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद काेइरालाका नामबाट सुपरिचित बिपी कोइराला नेपाली समाजमा जनप्रिय जननेताको रुपमा परिचित छन्। नेपाली साहित्यमा झण्डै एक दर्जन कृति पस्किएका बिपी एउटा सदाबहार राजनीतिक यात्री बने। प्रजातान्त्रिक समाजवादलाई आदर्श बनाएका बिपी आफू प्रधानमन्त्री हुँदा योजना आयोगमा किसानले हलो जोतेको तस्बिर राखेर योजना बनाउन निर्देशन दिने उदारवादी र आदर्श राजनीतिज्ञ हुन् । जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक बिपी नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन्। राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राख्नने बीपीको जीवन पञ्चायतविरुद्ध लड्दा कठोर कारावास र सङ्घर्षमै बित्यो।
‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा
मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभएको छ ।
अरनिको राजमार्गको संसदीय अनुगमन
सङ्घीय संसद्को पूर्वाधार विकास समितिले अरनिको राजमार्गको भक्तपुरको सूर्यविनायकदेखि सिन्धुपाल्चोकको कोदारीसम्म सडक अनुगमन गरेको छ । आइतबार समितिका सदस्य शङ्कर भण्डारीको नेतृत्वमा आएको टोलीले निर्माणाधीन अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक र धुलिखेल–खावा सडकखण्डको अनुगमन गरेको हो ।
मोटरसाइकल चालकको मृत्यु
पूर्व पश्चिम राजमार्गको रत्ननगर नगर पालिकाको शान्ति चोकमा सोमवार बिहान भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
बिपीको १११ औँ जन्मजयन्ती मनाइँदै
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।
कर्मचारीलाई खाजा समय ३० मिनेट मात्र
सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
प्रत्यायोजित विधायनका कानुन छ महिनामा बन्नुपर्ने
प्रत्यायोजित विधायन अन्तर्गतका कानुन अब छ महिनाभित्र जारी गर्नुपर्ने गरी विधायनसम्बन्धी विधेयकको प्रतिवेदन संसदीय समितिले पारित गरेको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले पारित गरेको प्रतिवेदन सोमबार सभामा पेस हुँदै छ । अहिले संसद्ले कानुन निर्माण गरे पनि प्रत्यायोजित विधायन अन्तर्गतका आवश्यक नियमावली, निर्देशिका नबन्दा पूर्ण कार्यान्वयनमा समस्या हुने गरेको छ । समितिले विधेयकको दफा १४ संशोधन गरेर छ महिनाभित्र त्यस्ता कानुन जारी गर्नुपर्ने समयसीमा तोकेको हो । विधायिकी प्रक्रियाको छाता कानुन विधायनसम्बन्धी विधेयक पारितको अन्तिम चरणमा समेत पुगेको छ ।
बढी दुर्घटना हुने स्थानमा ट्रमा सेन्टर बनाउन छलफल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँमा ट्रमा सेन्टर निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय अवधारणा अनुसार सम्बन्धित मन्त्रालयबिच छलफल भइरहेको जानकारी दिनुभएको छ । सडक दुर्घटनामा तत्काल उद्धार नभएकै कारण यात्रुले अनाहकमा ज्यान गुमाइरहेको बताउँदै उहाँले यसका लागि दुर्घटनाग्रस्त क्षेत्रमा ट्रमा सेन्टर आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।
१४ किलो चरेससहित दुईजना पक्राउ
मकवानपुर प्रहरीले १४ किलो चरेससहित दुईजना पक्राउ गरेर प्रहरीले आइतबार सार्वजनिक गरेको छ।
नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ ।
चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड
दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ ।
मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यकः चेम्बर
मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् । आइतबार नेपाल चेम्बर अफ कमर्सका पदाधाकारीहरुको टोलीले नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँगको भेटका क्रममा यस्तो ध्यानाकर्षण गराएका हुन् ।
संरचना बनाउँदा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसला पुनरवलोकन गर्नुपर्छ : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले काठमाडौँ उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । आइतबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुको भेटमा मुख्यसचिव अर्यालले यस्तो बताउनुभएको हो ।
वरिष्ठ पत्रकार उपाध्यायको निधन
वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको निधन भएको छ । उपाध्यायको ८४ वर्षको उमेरमा आइतबार अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा निधन भएको हो ।