• २३ भदौ २०८१, आइतबार

१४ किलो चरेससहित दुईजना पक्राउ

blog

चरेससहित पक्राउ परेकाका युवा। तस्बिरः अनिल पराजुली।

अनिल पराजुली

हेटौँडा, भदौ २३ गते।  मकवानपुर प्रहरीले १४ किलो चरेससहित दुईजना पक्राउ गरेर प्रहरीले आइतबार सार्वजनिक गरेको छ।  पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ४२ वर्षीय केदार तामाङ र सोही स्थान बस्ने ३६ वर्षीय सुकमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  

हेटौँडा–१५ रातमाटेस्थित प्रहरी चौकी रातामाटेले शुक्रबार साँझ सवारी चेकजाँच गर्ने क्रममा हेटौँडाबाट पथलैयातर्फ जादैं गरेको ना ७ ख ६०६१ नम्बरको यात्रुबाहक बसबाट उनीहरूलाई चरेससहित पक्राउ गरेको हो।  

पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।