तोलामा एक सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।
सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमा परिवर्तनका संवाहक
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताउनुभएको छ ।
प्रेमा लामगाढे बनिन् मिस विभा
मिस विभा २०२४ को ताज प्रेमा लामगाढेले हात पार्नुभयो । उमङ्ग क्रिएसनद्वारा आयोजित उक्त प्रतियोगिता बुधवार सम्पन्न भएको थियो । अन्तिम पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रेमाले ताज पार्नुभएको हो ।
क्यारमबोर्ड छाडी पुस्तकालयमा प्रहरी
फुर्सद भयो कि त मोबाइल र क्यारमबोर्डमा झुन्डिने काभ्रेपलाञ्चोकका प्रहरी पछिल्लो समय पुस्तक पढ्ने भएका छन् । प्रहरी कर्मचारीलाई अध्ययनशील बनाउन काभ्रेपलाञ्चोकमा घुम्ती पुस्तकालय (मोबाइल लाइब्रेरी) को अवधारणा ल्याएसँगै प्रहरी कर्मचारीमा पठन संस्कृतिको विकास हुने भएको हो ।
शिवधाम निर्माणका लागि एक लाख प्रदान
गोदावरी नगरपालिका–३ का अध्यक्ष सानुराज घिमिरेले पाथीभरा महिला समूहलाई रु एक लाख ११ हजार एक सय एक प्रदान गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनमा उक्त रकम प्रदान गर्नुभएको हो ।
मकवानपुरमा छ सय चार उद्योग बन्द
मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।
दसैँका लागि हवाई टिकट बुकिङ सुरु, बसको असोज पहिलो हप्तादेखि
दसैँ आउन एक महिना बाँकी रहँदा यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन् । बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भनिएको छ ।
तिस हजार मेट्रिक टन चिनी ल्याउने प्रक्रिया सुरु
सरकारले चाडपर्वलक्षित ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ ।
प्रवचन शृङ्खलामा नेपालको सम्बन्ध
सोसल साइन्स बाहाले हरेक वर्ष महेशचन्द्र रेग्मी लेक्चर सिरिज आयोजना गर्ने गरेको छ । यसै सिलसिलामा यो वर्ष इतिहासकार जोन व्हेल्प्टनले नेपाल, भारत र चीनबिचको सम्बन्धलाई दुई ढुङ्गाबिचको तरुल (रिभिजिटिङ द याम एन्ड द रक्स) शीर्षकमा राजधानीमा बुधबार चर्चा गर्नुभएको छ ।
कोलकाता पुर्याएर मिर्गौला तस्करी
भारतको कोलकाता पुर्याएर काठमाडौँका एक युवकको मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
अबको केही दिन भारी वर्षा
केही दिनयता मनसुनी वर्षा रोकिए जस्तो भए पनि मनसुन सकिएको छैन । एक वा दुई दिन घाम लाग्ने र फेरि अर्को एक/दुई दिन वर्षा हुने प्रवृत्ति दोहोरिरहेको छ ।
सार्वजनिक जग्गा खोज्न पुनः नापी आवश्यक
देशभरको सार्वजनिक जग्गाको विवरण खोज्न पुनः नापी मात्र विकल्प देखिएको छ ।
एक शिक्षिकाले ल्याएको त्यो परिवर्तन
शैक्षिक वातावरणमा सुधार ल्याउन र विद्यार्थीमा पढाइप्रति रुचि जगाउन एक जना शिक्षकको सानो पहल काफी हुने रहेछ भन्ने उदाहरण एक जना शिक्षकको छ महिनाको गतिविधि भएको छ ।
असोज १३ देखि सफा र सुकिलो नोट साट्न पाइने
नेपाल राष्ट्र बैंकले यस पटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताहरूले नेपालमा लगानीका सम्भावनाका विषयमा छलफल गरेका छन् ।
प्रदेश योजना आयोगको उपाध्यक्षमा नेपाल नियुक्त
बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गङ्गादत्त नेपाललाई नियुक्त गरेको छ ।
तनहुँमा बस दुर्घटना हुँदा १५ घाइते
पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजार नजिक बुधबार दिउँसो ४:३० बस दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् ।
लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध छौं : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले बागमती प्रदेश सरकार लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
ठगीको आरोपमा कलाकार ‘ईकु’ पक्राउ
कलाकार भिसामा युरोप पठाउने भनी विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने सुलेमान शङ्कर ‘ईकु’ भन्ने सूर्यमान शङ्कर पक्राउ परेका छन् ।
उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा रहँदैन : अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताउनुभएको छ ।
कांग्रेसले उपसभामुखको विषयबारे संसदीय दलको बैठकबाट निर्णय लिने
नेपाली कांग्रेसले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाको विषयमा उठेका प्रश्नबारे संसदीय दलको बैठकबाट निर्णय लिने निष्कर्ष निकालेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
सुरक्षा परिषद्को प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुनेछ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समग्र सुरक्षा चुनौती तथा सम्बोधन गर्नुपर्ने प्रमुख विषयलाई समेटी तयार भएको राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताउनुभएको छ ।
कृषि उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले कुन ठाउँमा के बाली लगाउँदा हुन्छ र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययनसहित सहकारी, सहकार्य र निजी क्षेत्रको सहमभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने बताउनुभयो ।