एमाले जागरण सभाको र्याली भद्रकालीबाट प्रारम्भ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्याली भद्रकालीबाट प्रारम्भ भएको छ ।
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पाौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सृजना भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी स्कोर प्राप्त गरेपछि नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको उल्लेख गर्नुभयो ।
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न नदी र जलाशयमा यतिबेला करिब एक सय २० मोटरबोट सञ्चालनमा छन् ।
एमाले जागरणसभाका लागि र्याली सुरू
जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।
सबैका लागि सधैंका लागि खुल्दैछ खुलामञ्च
खुलामञ्च लामो समयदेखि बन्द किन छ ? यो आम चासोको विषयको रुपमा छ । खुलामञ्चमा यतिबेला दुबो रोप्ने, गोड्ने लगायत विविध व्यवस्थापन पक्षका कामहरु भइरहेको छ ।
प्रधानमन्त्री ओली एमाले सभालाई दिउँसो सम्बोधन गर्नुहुने
सत्तारुढ नेकपा (एमाले)ले काठमाडौँको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ ।
लिफ लागु गर्ने विषयमा नौबुँदे निर्णय
चितवन जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण (लिफ) कार्यक्रमका सन्दर्भमा बुधबार आयोजित सरोकारवाला समुदायबिच भएको छलफलले नौबुँदे निर्णय गरेको छ । नेपालका बागमती, लुम्बिनी
राष्ट्रिय सद्भाव कायम गर्न एमालेको जागरणसभा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न आज दरबारमार्गमा जागरणसभा आयोजना गर्दैैछ ।
बिपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक
बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । असोज दोस्रो साता अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण क्षति भएको राजमार्गमा सडकको सतह मिलाउनुपर्ने भएकोले बिहीबार राति ९ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको हो ।
रसुवागढीले विद्युत उत्पादन थाल्यो, वार्षिक तीन अर्ब २५ करोड कमाउने
लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो ।
लैङ्गिक हिंसाविरुद्ध नाटक प्रदर्शनी
लैङ्गिक हिंसाविरुद्ध नाटक, सांस्कृतिक कार्यक्रममार्फत जनचेतनात्मक सन्देशसहित महिलामाथि हुने सबै प्रकारका भेदभावविरुद्धको महासन्धि (सिड) को छाया प्रतिवेदनको तयारी गरिएको छ ।
कला–स्रष्टासँग लेखक
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बिहीबार सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा ‘कला–स्रष्टासँग लेखक’ कार्यक्रम सम्पन्न भएको छ ।
सत्र प्रतिशतले बढ्यो राजस्व
चालु आर्थिक वर्ष (२०८१/८२) को चार महिनामा राजस्व सङ्कलन गत आवको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।
कृषिलाई व्यावसायिक बनाउने रणनीति
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समयानुकूल परिमार्जन गर्न जरुरी रहेको बताउनुभएको छ ।
सडक सुधार कार्यक्रममा समझदारी
प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
कीर्तिपुरको निर्वाचनमा मतपत्र दुई वटा हुने
स्थानीय तह उपनिर्वाचन–२०८१ मा कीर्तिपुर नगरपालिकामा दुई प्रकारको मतपत्र हुने भएको छ ।
बाह्र कम्पनीले बुझाए हवाई भाडादर
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका १२ वटा हवाई कम्पनीले सरकारलाई हवाई भाडादरको विवरण उपलब्ध गराएका छन् ।
नदीकिनार मापदण्डसम्बन्धी फैसला पुनरवलोकन हुने
नदीकिनारको मापदण्ड थप २० मिटर कायम गर्ने सर्वोच्चको फैसला पुनरवलोकन हुने भएको छ ।
तीन दिन हल्का वर्षाको सम्भावना
आउँदो तीन दिन कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने सम्भावना देखिएको छ ।
पहिलो पटक गठन हुँदै बाल अदालत
पहिलो पटक बाल अदालत गठनका लागि सिफारिस भएको छ । न्याय परिषद्को बिहीबारको बैठकले अदालत गठन सिफारिस गरेको हो ।
सहकारीका समस्या सम्बोधन गर्न कानुन संशोधनको तयारी
बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्नमाथि कानुनी कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानुन परिमार्जनको प्रक्रिया पनि अगाडि बढाएको छ
काठमाडौँमा दुई जनाको शव फेला
काठमाडौँमा आज दुई जना मृतावस्थामा फेलापरेका छन् । काठमाडौँ महानगरपालिका –१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा नुवाकोट ककनी गाउँपालिका –६ घर भएका २८ वर्षीय भोला पाठक तथा सोही ठाउँको मितेरी पुलनजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि अन्दाजी ५५ वर्षीय पुरुष मृतावस्थामा फेलापरेका केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
चीन भ्रमण सम्पन्न गरी एमाले प्रतिनिधिमण्डल स्वदेश फिर्ता
नेकपा (एमाले) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फिर्ता भएको हो ।
करिब १७ प्रतशितले बृद्धि भयो राजस्व संकलन
चालु आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार गत वर्ष यही अवधिमा २ खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो ।