राममणि दाहाल
हेटौँडा, भदौ २३ गते। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको अन्तर्गत रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाले भक्तपुरस्थित सूर्यविनायक नगर अस्पताललाई मेडिकल उपकरण तथा औषधी हस्तान्तरण गरेको छ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिकाले वडा नम्बर ८ स्थित जगातीमा सञ्चालित अस्पताललाई ४५ लाख रुपियाँ बराबरको सामग्री हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रममा मन्त्री थापाले स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच बढाउन प्रदेश सरकार लागेको बताउनुभयो।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाले अस्पतालको माग अनुसार सिप्याप मेसिन, विप्याप मेसिन, हाइ फ्लो नोजल क्यानुला, प्यासेन्ट मनिटर , डेफिव्रिलाटर मेसिन, माइक्रो स्कोप, इसिजी मेसिनलगायत औषधी अस्पतालका प्रमुख डा. राकेशकुमार वर्मालाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा केन्द्रका निर्देशक वसन्त अधिकारी, मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलाललगायतको सहभागिता रहेको थियो।