• ११ पुस २०८१, बिहिबार

सिटिइभिटीको परीक्षा बोर्डबाटै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २ गते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित शिक्षालयको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको काम राष्ट्रिय परीक्षा बोर्डबाट गर्ने तयारी भएको छ । 

बोर्डबाटै परीक्षा सञ्चालनको तरिकाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यदल गठन गरेर अध्ययन गरिरहेको छ । पूर्वशिक्षा सचिव शङ्कर पाण्डेको संयोजकत्वमा गठन गरिएको छ सदस्यीय समितिले काम सुरु गरिसकेको छ । समितिको सदस्यहरूमा शिक्षा मन्त्रालयकै पूर्वसहसचिवहरू डा. लेखनाथ पौड्याल, डा. भोजराज काफ्ले, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्याल तथा सिटिइभिटीका परीक्षा नियन्त्रक उमेशकुमार मिश्र सदस्य रहनुभएको छ ।