• १२ पुस २०८१, शुक्रबार

कीर्तिपुर प्रमुखमा काँग्रेसबाट डङ्गोल उम्मेदवार

blog

काँग्रेसबाट उम्मेदवार सिफारिस हुनुभएका कृष्णमान डङ्गोल ।

राममणि दाहाल

हेटौँडा, मङ्सिर १ गते । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत नेपाली कांग्रेसले काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिकाको नगर प्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

कांग्रेस बागमती प्रदेश संसदीय समितिको शनिबार बसेको बैठकले कांग्रेसको तर्फबाट कीर्तिपुर नगरपालिका नगर प्रमुखको पदमा डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले कीर्तिपुर नगरपालिकाका दिवंगत नगरप्रमुख राजकुमार नकर्मीप्रति उच्च सम्मानसहित श्रद्धान्जली अर्पण गर्दै उपनिर्वाचनमा कांग्रेसलाई विजयी गराउन सबैमा अनुरोध गर्ने निर्णय गरेको कांग्रेस बागमती प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले बताउनुभयो । स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत रिक्त रहेको पदका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।