• १८ मंसिर २०८१, मङ्गलबार

‘सहकारीमा देखिएको समस्या समाधान हुनैपर्छ’

blog

काठमाडौँ, मंसिर १ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य तथा प्युठान–१ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएका सूर्यबहादुर थापा क्षेत्री एक कुशल युवा नेता तथा सांसद हुनुहुन्छ । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति २०८१ का सभापति रहनुभएका सांसद थापा २०३१ साउन ८ गते प्युठानको झिमरुक गाउँपालिका–१, सौतामारेमा जन्मनुभएको थियो । समाजशास्त्रमा स्नातकोत्तर, व्यवस्थापन र कानुन विषयमा स्नातक गर्नुभएका सांसद थापा पत्रकार पनि हुनुहुन्छ । 

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा प्युठान १ बाट ४१ हजार ११८ मत प्राप्त गरी निर्वाचित हुनुभएका सांसद थापा विद्यार्थीकालदेखि राजनीतिमा लाग्नुभएको हो । यसअघि २०६१ सालमा तत्कालीन उपप्रधानमन्त्री भरतमोहन अधिकारीको प्रेस सल्लाहकारको जिम्मेवारी निर्वाह गर्नुभएका थापाले २०६७ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकार हुनुभएको थियो । त्यस्तै, २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समेत प्रेस सल्लाहकार हुनुभएको थियो । 

यसअघि दृष्टि साप्ताहिकको सह–सम्पादक र बुधबार साप्ताहिकको सम्पादक भएर काम गरिसक्नुभएका सांसद थापा नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य भएर पनि काम गर्नुभयो । प्रस्तुत छ–जुझारु पत्रकार र प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीसँग गोरखापत्र अनलाइनका लागि लक्की चौधरी, मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको कुराकानीः  

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका निमित्त सम्पादक हुनुहुन्छ ।