राममणि दाहाल
हेटौँडा, मङ्सिर ३ गते । हेटौँडा उपमहानगरपालिका–४ स्थित कमलडाँडामा एक जना तेस्रोलिङ्गी मृत अवस्थामा फेला परेका छन् । हेटौँडा–४ कमलडाँडास्थित उषा लामाको घरमा डेरा गरी बस्ने भगवती भन्ने इन्द्रबहादुर माझी (तेस्रोलिङ्गी) आइतबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–११ घर भएका करिब वर्ष २९ का माझी आफ्नै डेरा कोठामा मृत अवस्थामा भेटिनुभएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।