काठमाडौँ, पुस ६ गते । नेपाली महिला फुटबलमा विभागीय टोली एपिएफ क्लब राष्ट्रिय टोली सरह मानिन्छ ।
तर, राष्ट्रिय टोलीका चर्चित खेलाडीले भरिएको एपिएफ क्लब घरेलु मैदानमा आयोजित साफ महिला च्याम्पियनसिपको उपाधि जित्नबाट चुकेको छ ।
लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा एक्पोजर पाउँदै आएको एपिएफका महिला खेलाडीले शनिबार दशरथ रङ्गशालामा आफुलाई निरिह बनाए । च्याम्पियनसिपको फाइनलमा नेपालको एपिएफ क्लब भारतको इस्ट बङ्गाल एफसीसँग ३–० गोलले स्तब्ध बनायो ।
खेलभर इस्ट बङ्गालको दबाब झेलेको एपिएफले गोल गर्न लायक कुनै अवसर बनाउन सकेन । आठ हजार घरेलु दर्शकको समर्थन पाएपनि नेपाली खेलाडीको प्रदर्शन फिफा बन्यो ।
एकपक्षीय खेलमा इस्ट बङ्गाललाई च्याम्पियन बनाउन स्ट्राइकर फाजिला इक्वापुतले दुई तथा मिडफिल्डर सिल्की देवी हेमामले एक गोल गर्नुभयो । पहिलो हाफमा दुई गोल गरेको इस्ट बङ्गालले दोस्रो हाफमा अर्को गोल थपेको थियो ।
उपाधिसँगै इस्ट बङ्गालले १० हजार अमेरिकी डलर पुरस्कार पायो । एपिएफले पाँच हजार अमेरिकी डलर प्राप्त गर्यो ।