• ६ पुस २०८२, आइतबार

मधेश प्रदेशमा सभामुख चयन प्रक्रिया सुरु

blog

मधेश प्रदेश सभाको बैठक । तस्बिरः लक्ष्मी चौधरी ।

लक्ष्मी चौधरी 

जनकपुरधाम, पुस ६ गते । मधेश प्रदेशमा सभामुख चयनको प्रक्रिया सुरु भएको छ । 

आइतबार बसेको मधेश प्रदेश सभाको छैठौं अधिवेशनको ११ औं बैठकमा सभामुख चयनका लागि बहस चलेको हो । 

शनिबार सभामुखका लागि जनता समाजवादी पार्टीबाट राम अशिष यादव र नेकपा एमालेको तर्फबाट त्रिलोकी प्रसादले उम्मेदवारी दिनु भएको थियो । 

यसअघि मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल रहनु भएको थियो ।