• ६ मंसिर २०८१, बिहिबार

मेनुकाको आवाजमा ‘तिमी मेरो पारुहाङ’

blog

काठमाडौँ, मङ्सिर ६ गते । पुर्बेली लोकभाकामा पुर्बेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । गीतमा गायिका मेनुका राईको स्वर रहेको छ । गीतकार चन्द्र जयपाल राईको शब्द सङ्कलन तथा वसन्त सापकोटाको सङ्गीत संयोजनमा रहेको पुर्बेली लोकभाका सार्वजनिक गरिएको हो । 

माया अनि पिरतीको भाका प्रस्तुत गर्दागर्दै मागी बिवाह गर्ने र भगाइलाने कुरामा दोहोरी चल्ने रोमान्टिक भाव गीतमा प्रस्तुत गरिएको छ । विक्रम डिसीको छायाङ्कन, मनोज कार्कीको सम्पादन तथा विल्सन विक्रम राईको निर्देशनमा भिडियो तयार गरिएको छ । 

मौलिक पुर्बेली लोकभाकामा प्रस्तुत गरिएको गीतमा संस्कार र संस्कृतिलाई समेटिएको गायिकाले बताइन् । गीतको भिडियोमा विल्सन विक्रम राई, एलिसा राई, सोनाम तामाङको अभिनय तथा नृत्य देख्न सकिन्छ ।