लटरम्म जुनार, कृषक उत्साहित
रामेछापको रामेछाप नगरपालिका–६, ओख्रेनीका टेकबहादुर तामाङको बारी यतिबेला रहरलाग्दा जुनारका दानाले ढाकिएको छ ।
धेरै हिसाबले आकर्षण छ बचतपत्रमा लगानीकर्ता भने अझै तानिएनन्
नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्प छन् । घरजग्गा, सुनचाँदी, पुँजी बजार र मुद्दती निक्षेप जस्ता क्षेत्रमा नागरिकले प्राथमिकता दिने गरेका छन् ।
उच्च करदातालाई परिसङ्घको सम्मान
राष्ट्रिय कर दिवस–२०८१ का अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरूलाई नेपाल उद्योग परिसङ्घले सम्मान गरेको छ ।
बढ्दै कर सङ्कलन लागत
कर सङ्कलन गर्न लाग्ने सरकारको खर्च बढ्न थालेको छ । सूचना प्रविधिको प्रयोगमार्फत कर लागत घटाउने सरकारको लक्ष्य रहे पनि पछिल्ला दुई वर्ष यस्तो लागत झन् बढेको पाइएको हो ।
नेवानिको ग्राउन्ड ह्यान्डलिङ सेवा कसैले नखोस्ने आश्वासन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालयमा निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
पत्रकार महासङ्घमा उम्मेदवारी दर्ता
आगामी मङ्सिर २८ गते तय भएको नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत शुक्रबार (मनोनयन) उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
बिआरआईबाट तर्सिनु पर्दैन
पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चीन र नेपालबिच भएको बिआरआई सम्झौताबाट भारत डराउनु नपर्ने बताउनुभएको छ ।
असल न्यायिक अभ्यासको सूचीकरण गरिने
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकामा गठन भएका न्यायिक समितिले गरेका असल अभ्यासको सूचीकरण गर्ने भएको छ ।
भूमिहीनको वास्तविक तथ्याङ्क आउनुपर्ने
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उजुरी बेनामे हुनुपर्ने विज्ञहरूको सुझाव
भ्रष्टाचार निवारण र अख्तियारसम्बन्धी विधेयकमा छलफल गरिरहेको प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले थप समय माग गरेको छ ।
बिआरआई फ्रेमवर्क,सत्ता साझेदार दृढ
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्य फ्रेमवर्क’ सम्बन्धी सहमति कार्यान्वयनका सन्दर्भमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकमत देखिएका छन् ।
मुआब्जा नीति नहुँदा अकल्पनीय भार
राष्ट्रले ठुला ठुला रेल, विद्युत्, सडक र सुरुङलगायतका आयोजनाको निर्माण गर्ने महìवाकाङ्क्षी लक्ष्य लिएर अगाडि बढिरहँदा मुआब्जा नीतिको अभावमा जग्गा प्राप्तिको विषय भने जटिल बन्दै गएको छ ।
विदेशी पाहुनामैत्री शहर इन्चोन
विश्वको चौथो ठुलो अर्थतन्त्र दक्षिण कोरियाको तेस्रो ठूलो शहर इन्चोन यतिबेला आफूलाई ‘विदेशी पाहुनामैत्री शहर’ को रुपमा स्थापित गराउन सफल भएको छ ।
गोरखापत्रकर्मी पौडेलसहित तीन प्रतिभा सम्मानित
शब्दयात्रा प्रकाशन बनेपाले गोरखापत्रकर्मी केशवराज पौडेलसहित तीन जनालाई कदरपत्रले सम्मान गरेकोे छ । शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र २०८१ ले गोरखापत्रकर्मी पौडेललाई सम्मान गरेको हो ।
घुस लिएको आरोपमा अदालतका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
जिल्ला अदालत कपिलवस्तुका तहसीलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेयविरुद्ध सेवाग्राहीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
भुटानी नरेश–बौद्धनाथको अवलोकन
अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौँ आइपुग्नुभएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुक बौद्धनाथको अवलोकन गर्दै ।
सूचना प्रविधिको क्षेत्रमा सरकारले काम गर्दैछः मन्त्री गुरुङ
सन्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सूचना, प्रविधिको क्षेत्रमा तीव्र रुपले काम गरिरहेको र अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबले आयोजना गरेको सूचना प्रबिधि मेला २०२४ को शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले त्यस्तो बताउनुभएको हो ।
‘सुख्खा छाला रोगको घर हो ’
चिसो मौसममा छालासम्बन्धी समस्याले बढी दुख दिने गर्छ । यो मौसममा छाला सुख्खा हुने, चिलाउने, एलर्जी हुने, अनुहारमा पोतो आउने, हातखुट्टा फुट्ने, औंला सुन्निने जस्ता छालासम्बन्धी समस्या देखिने गर्छ ।
लोकसेवा आयोगका सदस्य खड्काद्वारा शपथ
प्रदेश लोकसेवा आयोग बागमतीका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मङ्सिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा सदस्य खड्कालाई पद तथा गोपनियताका शपथ ग्रहण गराउनुभएकाे हो ।
बङ्गुरमा ‘स्वाइन फिभर’ को सङ्क्रमण बढ्यो
यहाँ पालिएका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएपछि दुई सय बढी बङ्गुर मरेका छन् । ‘स्वाइन फिभर’ सङ्क्रमणका कारण खोरमा रहेका बङ्गुर धमाधम मर्न थालेपछि किसानमा चिन्ता बढेको हो ।
चालु आ.व.मा ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्चको लक्ष्य
सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र ८ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको छ ।
न्यायालयलाई पारदर्शी बनाउन गोला प्रणाली : प्रन्या राउत
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताउनुभएको छ ।
विपिन जोशीलाई छुटाउने प्रयास जारी छ : राजदूत आरीबास
नेपालका लागि इजरायलका नवनियुक्त राजदूत श्मुलिक आरी बासले हमास समूहले इजरायलबाट लगेर बन्धक बनाएका नेपाली युवक विपिन जोशीलाई सकुशल छुटाएर नेपाल फर्काउन इजरायलले प्रयास गरिरहेको बताउनुभएको छ ।
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
चितवन कारागारमा कैदीबन्दीको चाप बढेपछि केहीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनयता ९५ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ ।