• २९ फागुन २०८१, बिहिबार

शान्दार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु

blog

काठमाडौं, माघ २९ गते । काठमाडौंको कमलपोखरीस्थित सानदार मःमः सेन्टरमा ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएका दुई जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारत घाइते ११ जनामध्ये दुई जनाको मत्यु भएको अस्पतालका निर्देशक डा. निजीना ताम्राकारले जानकारी दिनुभयो ।

उहाँले निर्देशक ताम्राकारले भन्नुभयो, “घाइते भएर ल्याइएका ११ जनामध्ये दुई जनाको आज बिहान मृत्यु भएको छ । तीन जनाको वार्डमा र अन्य घाइते आइसियूमा उपचार भइरहेको छ ।”

मृत्यु हुनेमा हेटौँडाका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घले रहेका छन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको आज बिहान मृत्यु भएको हो । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । डा.ताम्राकारका अनुसार धेरै जना घाइतेको शरीरको ५० प्रतिशत भाग जलेको हुँदा घाइतेहरूको अवस्था जटिल छ ।