भुटानी नरेशद्वारा स्वयम्भूनाथ दर्शन
भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गर्नुभएको छ ।
टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
मकवानपुरको बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर मृत्यु भएको छ ।
सुनको मूल्य घट्यो
आजको नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ ।
बेवारिसे महिलाको मृत्यु
हेटौँडाको बसपार्कबाट बेवारिसे अवस्थामा फेला पर्नुभएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. १० बसपार्क क्षेत्रमा काम गर्दै खादै हिँड्ने अन्दाजी ३५ वर्षीय कन्चन परियार नाम बताउने महिलाको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।
भूटानी नरेश काठमाडौंमा
भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौं आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।
सोल्टी होटलमा शनिबार एवन बजार सञ्चालन हुने
काठमाडौंको सोल्टी होटलमा एवन बजार आयोजना हुने भएको छ । एक्टिभ उमन अफ नेपाल (एवन) ले विगत चार दशक यता सञ्चालन गर्दै आएको एवन बजारको २०२४ संस्करण डिसेम्बर ७ अर्थात् मङ्सिर २२ गते आयोजना हुने भएको हो ।
ऐतिहासिक मकवानपुर गढी दरबार (फोटो फिचर)
ऐतिहासिक, पुरातात्वक र सामरिक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडाको बुद्ध चोकबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि १०१७ मिटर उचाइको पहाडी थुम्कोमा अवस्थित छ ।
बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने
बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार यहाँ आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठीमा मुख्यमन्त्री बहादुरसिंह लामाले योजना बैंक’ स्थापना गर्ने बताउनुभएको हो ।
नेपाल प्रहरीमा नयाँ भर्ना खुला (सूचनासहित)
प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरुमा दरखास्त माग गरेको छ । कार्यालय शुक्रबार सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।
बिआरआई सम्झौता सकारात्मक
पूर्वपरराष्ट्रमन्त्री कमल थापाले नेपाल र चीन सरकारबिच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मा भएको सम्झौता सकारात्मक भएको बताउनुभएको छ । हेटौँडामा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री थापाले बिआरआई विकाससँग मात्र सीमित नभएर बहुआयामिक अवधारणा भएकाले यस अवधारणाप्रति डराउनु र आत्ति
डढेलो र आगलागीको जोखिम : तयारी थाल्न विज्ञको सुझाव
पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि आगलागीका घटना बढ्न थालेको छ । दैनिक आगलागीका घटना भइरहेका छन् ।
ओझेलमा सीमानाकाको लिस्ती माई
सिन्धुपाल्चोकमा अवस्थित थुप्रै देवीदेवताका प्रसिद्ध मठमन्दिरमध्ये नेपाल–चीनबिचको सिमाना भोटेकोशी गाउँपालिका–१, लिस्तीकोटमा रहेका उग्रचण्डी लिस्ती माई मन्दिर प्रचारप्रसारको कमीले ओझेलमा परेको छ ।
वृद्धवृद्धालक्षित सुस्वास्थ्य केन्द्र
जीवनको उत्तरार्धमा धार्मिक क्षेत्र देवघाटधाममा जीवन त्याग गर्न पाए मोक्ष पाइन्छ भन्ने विश्वास धेरैलाई लाग्ने गर्छ । यही विश्वासले नै घरगृहस्थी त्यागेर धार्मिक क्षेत्र देवघाटमा आएर कल्पवासमा बस्ने वृद्धवृद्धाको सङ्ख्या बर्सेनि बढ्दो छ ।
उत्कृष्ट दसमा डा. आयुष्नोभा
इजिप्टमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’ मा नेपाल भोटिङ राउन्डको उत्कृष्ट १० भित्र पर्न सफल भएको छ ।
खनालको ‘संसारमा तिमीलाई...’
प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले स्व. श्रीमती अनिता आचार्यको स्मृतिमा संसारमा तिमीलाई...भन्ने गीत युट्युबमार्फत सार्वजनिक गर्नुभएको छ ।
द्रुत आर्थिक विकासको आधारशिला तयार
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालको आर्थिक विकास, द्विपक्षीय सम्बन्ध विस्तार र विश्वका अन्य देशसँग पनि सहकार्यको ढोका खोलेको छ ।
नेपाली मौलिक दर्शन र दार्शनिकबारे प्रतिष्ठानले अध्ययन गर्ने : कुलपति राई
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले दर्शनमा भौतिकवादी र अध्यात्मवादी धारा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय दर्शन दिवस २०२४ का अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभागले ‘समाज विकास र दर्शन’ विषयक विचार–गोष्ठीको समुद्घाटन गर्नुहुँदै कुलपति राईले सो कुरा बताउनुभएको हो ।
खेतीयोग्य माटोमा अम्लीयपना धेरै
काभ्रेपलाञ्चोकको खेतीयोग्य जमिनको माटोमा अम्लीयपना बढी देखिएको छ ।
चार प्रदेशमा आंशिक बदली हुने
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।
पर्यटनबाट रोजगारी बढ्ने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले रोजगारीका थुप्रै अवसर प्राप्त हुने बताउनुभएको छ ।
स्वास्थ्य स्वयम्सेविकाका गुनासा ‘हाम्रो योगदानको कदर होस्’
समुदायमा मातृशिशु स्वास्थ्य रक्षा एवं स्वास्थ्यप्रतिको जनचेतना विस्तार गर्न सरकारले स्वास्थ्य स्वयम्सेविकाका रूपमा स्थानीय महिलालाई परिचालन गरेपछि जनस्वास्थ्य कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्न सघाउ पुगेको छ ।
बाह्र जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई छुट्टाछुट्टै मुद्दामा १२ जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आ
विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउँछ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले विवाहपञ्चमीले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास लिएको बताउनुभएको छ ।
माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले स्थानीय तह उपनिर्वाचनको परिणाम उत्साहजनक भएकाले आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ ।