• २८ फागुन २०८१, बुधबार

प्रतिनिधि सभा बैठक सुरु

blog

काठमाडाैं, माघ २८ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । साेमबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्राेत तथा वित्तिय आयाेगकाे वार्षिक प्रतिवेदन २०८०/८१ पेश गर्नुहुने कार्यसूची छ ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पाैडेलले अर्थ समितिकाे प्रतिवेदन सहितकाे सुरक्षित काराेबार (पहिलाे संशाेधन) विधेयक २०८० माथि छलफल गरियाेस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यस्तै, संसदका सहासचिव पद्म प्रसाद पाण्डेयले सुरक्षित काराेबार (पहिलाे संशाेधन) २०८१ लाई पारित गरियाेस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो ।