पलेँटीमा ‘गजल मुसायरा’
गजलकार घनेन्द्र ओझाका यी सेर विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गाइरहँदा सर्वनाम थिएटरको हल ‘वान्स मोर’ भनिरहेको थियो ।
उद्योग प्रतिष्ठानलाई सम्मान
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको प्रत्याभूतिका लागि अनुकरणीय र असल अभ्यास गर्दै आएका उद्योग प्रतिष्ठानलाई सम्मान प्रदान गरिएको छ ।
मेलम्चीको मुहानमा तीनतले ‘हेडवर्क्स’
सिन्धुपाल्चोकको हेलम्बुस्थित सर्कथली भन्ने ठाउँमा प्रस्तावित मेलम्ची खानेपानी आयोजनाको मुहानमा तीनतले ‘हेडवर्क्स’ निर्माण हुने भएको छ ।
हिमपात र वर्षाको सम्भावना
देशव्यापी रूपमा चिसो बढ्दै गएको छ ।
पचासी हजार जनाले लिए स्वास्थ्य सेवा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरेका करिब ८५ हजार योगदानकर्ताले कोषको योजनामा आबद्ध ९० वटा अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।
विद्यालय शिक्षा विधेयक : समितिको प्राथमिकतामा पाँच मुख्य विषय
विद्यालय शिक्षा विधेयकमा देखिएका मुख्य र विवादित विषयमाथि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मुख्य राजनीतिक दलका सचेतक र विज्ञहरूसँग छलफल गर्ने भएको छ ।
आजदेखि मतदाता नामावली दर्ता
निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट आइतबारदेखि मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने भएको छ ।
पचास अर्बको आइपिओ आउँदै
धितोपत्र बोर्ड नेपाल (सेबोन) ले नयाँ अध्यक्ष पाएसँगै आमसर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) आउने बाटो खुल्ने भएको छ ।
कोरा कर्मचारीबाट नतिजा कमजोर
सामान्यतः नयाँ भर्ना भएका कर्मचारीलाई सक्दो बढी काममा लगाउने नीति सबैतिर अपनाइन्छ तर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने अहिले उक्त मान्यताविपरीत नयाँ कर्मचारीलाई कामै नगर्ने निकायमा खटाइरहेको छ ।
आइतबार बदली हुने, केही ठाउँमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ । विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको छ ।
दक्ष जनशक्ति उत्पादन गर्न डिजाइनिङ कोर्स
जेड जेन इडियू हबले सूचना प्रविधिमा दक्ष जनशक्ति निर्माण गर्नेगरी यूएक्स र यूआइ डिजाइन कोर्स सुरु गरेको छ । सो हबले शनिबार आफ्नै कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरी कोर्सबारे जानकारी गराएको हो ।
लडेर बालिकाको मृत्यु
हेटौँडामा एक जना बालिकाको लडेर मृत्यु भएको छ । शुक्रवार राति शौचालय जानेक्रममा लडेर हेटौँडा उपमहानगरपालिका –५ सिँचाइ टोलमा डेरागरी बस्ने महोत्तरी डाँडा गाउँपालिका –३ अजमरपटी घर भएकी ५ वर्षीय सिरियाकुमारी मण्डलको मृत्यु भएको हो ।
राष्ट्रपति पौडेल अस्पतालबाट 'डिस्चार्ज'
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी डिस्चार्ज हुनुभएको छ ।
शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुङ्गोमा पुग्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।
एनपीएल : कर्णालीद्वारा विराटनगरलाई एक सय ३४ रनको लक्ष्य
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि विराटनगर किङ्ग्सलाई एक सय ३४ रनको सामान्य लक्ष्य दिएको छ ।
बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिनुभएको छ ।
'एमालेसँगको सम्बन्ध ‘सहकार्य र प्रतिस्पर्धा’ सँगसँगै लैजानुपर्छ'
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेसँगको सम्बन्ध ‘सहकार्य र प्रतिस्पर्धा’ सँगसँगै लैजानु पर्ने बताउनुभएको छ ।
विश्वसम्पदा लोकमाला लोकार्पण
वरिष्ठ इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले लोकलयमा लेखिएको नेपालमण्डल नेपालको इतिहास संस्कृतिको दृष्टिकोणले नौलो प्रयोग भएको बताउनुभएको छ ।
‘हवाई दुर्घटना अनुसन्धान गर्ने आयोग गठन प्रक्रिया अघि बढेको छ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
बिरामी बोक्ने एम्बुलेन्समा लागु औषध
राजधानी काठमाडौँलाई पूर्वी जिल्ला जोड्ने राजमार्गको रूपमा रहेको बिपी राजमार्गमा सञ्चालन हुने एम्बुलेन्समा अवैध लागु औषधको ओसारपसार हुने गरेको पाइएको छ ।
रास्वपाले आज पाँच जिल्लामा भेला आयोजना गर्दै
पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा भेला आयोजना गर्न लागेको सो पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको चुनौतीपूर्ण लक्ष्य
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि लुम्बिनी लायन्सलाई एक सय ८८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
लोप हुँदै रैथाने बाली
रामेछापका सबै जसो ठाउँमा रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । १० वर्षअघिसम्म राम्रो उत्पादन हुने फापर, तितेफापर, जुनेलो, सिलाम, गहत, तिललगायतका बाली लोप भइसकेका छन् । दलहनका लागि राम्रो मानिने मस्याङ, मास, सेतो भटमास, गहते सिमी, जौलगायतका बाली पनि लोपोन्मुख अवस्थामा पुगिसकेका छन् ।
स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा ढकाल विजयी
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल(एसबान) को अध्यक्षमा सागर ढकाल विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।