जुम्लामा हेलिकप्टरमार्फत ल्याइयो मतपत्र
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र जुम्ला आइपुगेको छ ।
मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी बिजुली
गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युतगृहमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्तिको व्यवस्था गरेको छ ।
सिमकोटको विद्युत् सुचारु गर्न हेलिकोप्टरबाट जेनरेटर ढुवानी
हिल्दुम विद्युत् वितरण केन्द्रले विद्युत् आपूर्ति सुचारु गर्न मुगुको गमगढीबाट दुई वटा जेनरेटर हेलिकोप्टरमा ढुवानी गरेर सिमकोट ल्याई पुर्याएको छ । हिल्दुम साना जलबिद्युत आयोजनाको नहरलाई पहिरोले क्षती पुर्याएपछि एक महिनादेखि बिद्युत् सेवा बन्द भएपछि त्यसलाई सुचारु गर्न प्राधिकरणको सहयोगमा जेनरेटर ल्याउने कार्य भएको हो ।
मतदाता रिझाउँदै उम्मेदवार
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता यामलाल कँडेल प्रदेश सभा सदस्यका उम्मेदवार बन्नुभएको छ । कँडेल सुर्खेत जिल्लाबाट प्रदेश सभा क्षेत्र नं. २ (क)मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदाता भेटघाटको चटारोमा उम्मेदवार भए पनि धान काट्ने र बाली भिœयाउने समय भएकाले घरदैलोमा मतदाता भेटाउन मुस्किल छ । उहाँ मतदाता खोज्दै खेतबारी, मेलापात गर्ने ठाउँ र चिया चौतारोमै पुगिरहनुभएको छ । धानबाली बटुल्ने समय भएकाले पनि धेरैजसोलाई घरआँगनमा भेट्न कठिन छ ।
३४० बोरा चिनी बरामद
प्रहरीले तीन सय ४० बोरा अवैध चिनी बरामद गरेको छ । बुधवार भेरीगङ्गा नगरपालिका–५ बबईबाट चिनी बरामद गरेको हो ।
रुकुम पश्चिममा जिप दुर्घटना, चार जना घाइते
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर चार जना घाइते भएका छन् ।
नहरको मर्मत चाँडो सम्पन्न गर्न निर्देशन
नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिल्दुम साना जलबिधुत् आयोजनाको स्थलगत अनुगमन गरेर मर्मत कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । कर्णालीका मुगु र हुम्ला जिल्लाको विधुतको अवस्थाबारे अनुगमन गर्न आउनुभएका उहाँले हाल मर्मत कार्य भइरहेको नहरको अनुगमन गर्नुभएको हो ।
यातायात सुचारु गर्न न्यालुमा हिउँ पन्छाउने कार्य सुरु
पाँच हजार मिटर अग्लो स्थानको न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायात सुचारु गर्ने कार्य सुरु भएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउका लागि मेसिन र यात्रुहरू मिलेर सो हिउँ फाल्ने कार्य गरिएको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सुर्खेतको भेरीगङ्गा नगरपालिका –११ कासीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ छिन्चु–जाजरकोट सडकखण्डमा छिन्चुबाट जहरेतर्फ जाँदैगरेको भे १२ प ६४५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर कल्भर्डमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।
छोइलापास लेक हिउँले सेताम्य
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा रहेको पाँच हजार २२० मिटर अग्लो छोइलापास लेकमा हिउँले सेताम्य ।
रुकुम पश्चिममा स्यालको टोकाइबाट नौ जना घाइते
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो ।
आचारसंहिता पालनामा कडाइ गर्न सुझाव
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न सरोकारवालाले सुझाव दिएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा सम्पन्न अन्तक्र्रियाका सहभागीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न निर्वाचन आचारसंहिता पालनामा कडाइ गर्नुपर्ने सुझाव दिएका हुन्।
स्वर्ण पदक विजेतालाई सम्मान
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका स्वर्ण पदक विजयी बक्सर चन्द्रकला थापालाई सम्मान गरिएको छ । जिल्लाको भगवतीमाई गाउँपालिका र भगवतीमाई खेलकुद विकास समितिले नगद पुरस्कार र प्रमाण पत्रद्वारा उहाँलाई सम्मान गरिएको हो ।
सालनाल नखसेपछि सुत्केरी भएको छ घण्टापछि मृत्यु
सालनाल नखसेपछि सुत्केरी भएको छ घण्टापछि एकजना महिलाको मृत्यु भएको छ । दुर्गम गाउँमा स्वास्थ्य चौकी नभएका कारण उपचार गर्न नपाउँदा सुत्केरीको मृत्यु भएको हो ।
गठबन्धन दलबीच नै चुनावी प्रतिस्पर्धा
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबिच गठवन्धन भएपनि समाजवादीले प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । प्रदेशका सबै जिल्लामा प्रतिनिधिसभा वा प्रदेशसभामा भाग खोजेको समाजवादीले भाग नपाएपछि उम्मेदवार अगाडि सारेको हो ।
हुम्लामा ४६ मतदानस्थल अति संवेदनशील
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कुल ४६ वटा मतदानस्थललाई अति संवेदनशील र संवेदनशील ठहर्याएको छ । जिल्ला सुरक्षा समितिको बैठकद्वारा सात वटै गाउँपालिकाका ती मतदानस्थलाई अति सम्बेदनशील र संवेदनशील ठहर गरिएको हो ।
मतपत्र पुग्यो, पुगेन पाठ्यपुस्तक
प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि कर्णालीका हिमाली जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पु-याइएको छ । मतपत्र समयमै पुग्ने कर्णालीमा शैक्षिक सत्र सुरु भएको छ महिनासम्म पाठ्यपुस्तक भने पुग्नसकेका छैनन् ।
सडक बनाउनेलाई मत
वराहताल गाउँपालिका–१० का बलबहादुर शाहीसँग विभिन्न दलका नेता तथा कार्यकर्ताले मत मागिरहन्छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै जाँदा उहाँको घरमा पनि उम्मेदवार तथा पार्टीका कार्यकर्ता पुग्ने गरेका छन् ।
खान नपाएरै मरे नाउर र चौँरीगाई
डोल्पामा घाँस खान नपाएर मरेका चौँरीगाई र नाउरहरु ।
झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिम बढ्यो
सुर्खेतको सिम्ता गाउँपालिका –६ ठिग्रीमा रहेको झोलुङ्गे पुल जीर्ण बनेसँगै जोखिम बढेको छ । ठिग्नीमा रहेको झोलुङ्गे पुल जीर्ण बनेपछि आवतजावत गर्ने नागरिकलाई जोखिम बढेको हो ।
दैलेखमा बारुद पड्किँदा श्रीमान् श्रीमती घाइते
माछा मार्न विस्फोटक पदार्थ बनाउने क्रममा पड्किँदा श्रीमान् श्रीमती घाइते भएका छन् ।
पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा
कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा चार पूर्वमन्त्री चुनावी मैदानमा हुनुहुन्छ । प्रतिनिधि सभातर्फ दुई पूर्वमन्त्री र प्रदेश सभामा दुई पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सुर्खेतमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।
प्रचारका लागि उम्मेदवार लिमी जान पाएनन्
नाम्खा गाउँपालिकाको सिङ्गो ६ नम्बर वडा र तीन मतदान केन्द्र रहेको लिमीमा उम्मेदवार चुनावी प्रचारका लागि जान नसक्ने भएका छन्।
दैलेख –१ मा त्रिपक्षीय प्रतिस्पर्धा
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभामा त्रिपक्षीय प्रतिस्पर्धा हुनेभएको छ । नेकपा (एमाले) बाट रबिन्द्रराज शर्मा, सत्ता गठबन्धनका उम्मेदवार अम्मरबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्तीकुमारी शाहीबीच त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुनेभएको हो ।