स्याउला सङ्कलनमा व्यस्त मुगुका महिला
हिमाली र पहाडी क्षेत्रका महिलाको दिनचर्या जङ्गलको स्याउला, घाँस, पातपतिङ्गर र दाउरा सङ्कलनमै बित्ने गरेको छ ।
स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यदिशा बारे नागरिक स्तरमा छलफल
कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय भावी कार्यदिशा बारे सुदूरपश्चिमका नागरिक स्तरमा छलफल हुन थालेको छ ।
प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने गृहकार्य
कर्णाली प्रदेश अस्पताललाई तीन वर्षभित्र स्वास्थ्य प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्ने गरी काम अघि बढाइएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार भौतिक पूर्वाधारका साथै स्वास्थ्य सेवामा
विपन्न परिवारलाई सुरक्षित आवास प्रभावकारी
विपन्न परिवारलाई सुरक्षित बसोबासको व्यवस्थापन गर्न सञ्चालन गरिएको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम कर्णालीमा प्रभावकारी बनेको छ । बर्सेनि आगलागीको जोखिममा रहने यहाँका बस्तीमा उक्त कार्यक्रम लागू भएसँगै खरका छानालाई जस्तापाताले विस्थापित गरेको छ । सङ्घीय सरकारले सञ्चालन गरेको यो कार्यक्रमअन्तर्गत कर्णालीका धेरै पालिकामा जोखिमयुक्त घरहरू पुनर्निर्माण भइ
निरु बिक हत्यामा आरोपित १८ महिनापछि पक्राउ
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ६ दाहाँकी १६ वर्षीय वालिका निरु बिक हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । निरुको हत्या भएको १८ महिनापछि दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
कांग्रेस नवीनतम तरिकाले अघि बढ्नुपर्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब कांग्रेस नवीनतम तरिकाले अघि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार पश्चिम सुर्खेतको पञ्चपुरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो पटक सबैभन्दा ठूलो पार्टी भएर पनि सत्तामा आफ्नै कमजोरीका कारण पुग्न नसकेको उहाँले बताउनुभयो ।
कर्णालीमा ४९६ वटा मानवअधिकार उल्लङ्घनका घटना
कर्णाली प्रदेशमा सन् २०२२ मा ४९६ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । मानवअधिकार संस्था इन्सेकको तथ्याङ्क अनुसार देशभर मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा सात हजार ३७६ जना पीडित भएकोमा कर्णालीमा ४९६ जना पीडित भएका छन् ।
जाजरकोटमा भीरबाट लडेर एक जनाको मृत्यु
जाजरकोटमा भीरबाट लडेर एक जनाको मृत्यु गएको छ । नलगाड नगरपालिका – १ का ६५ वर्षीय भद्र कामीको भीरबाट लडेर मृत्यु भएको हो ।
कुलो छैन मार्सीको फाँटलाई
गत असोज महिनामा आएको बाढीले यहाँको मार्सी फल्ने फाँटमा सिँचाइ उपलब्ध हुने कुलोमा क्षति पुगेको छ । कुलो भत्किएपछि पुनर्निर्माण नहुँदा सिँचाइ हुन सकेको छैन, जसले गर्दा हिउँदे बाली सुक्न थालेको छ । मार्सी धान फल्ने खेतमा यस पटक सिँचाइ नहुँदा उत्पादन कमी भई भोकमरी हुने त्रास बढेको छ ।
दलित समुदायलाई ग्याँस चुल्हो र सिलिण्डर बितरण
दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकाले दलित समुदायलाई ग्याँस चुल्होसहित भरिएको सिलिण्डर बितरण गरेको छ । लक्षित वर्गका सदस्यको घरलाई धुँवारहित बनाउन गाउँपालिकाले चुल्हो र सिलिण्डर वितरण गरेको हो ।
राष्ट्रपतिमा कांग्रेसकै उम्मेदवार चयन हुन्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा कांग्रेसकै उम्मेदवार चयन हुने दाबी गर्नुभएको छ । आइतबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
डोल्पामा माटोले पुरिएर दुई कामदार घाइते
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ मा पर्ने रसीमा माटोमा पुरिएर दुई कामदार गम्भीर घाइते भएका छन् ।
शिक्षकको कुटाईबाट विद्यार्थी बेहोस
जिल्लाको शिवालय गाउँपालिकाको एक सरकारी विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटपिट गरेपछि विद्यार्थी बेहोस भएका छन् ।
आठ सय साठी कर्मचारी सिफारिस
कर्णाली प्रदेशको प्रदेश लोकसेवा आयोगले स्थापनाको दुईवर्षे अवधिमा प्रदेश तथा स्थानीय तहका लागि ८६० कर्मचारी सिफारिस गर्न सफल भएको छ । प्रदेश लोकसेवा आयोगको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो ।
ग्यास लिक हुँदा जुम्लाको एक घरमा आगलागी
जुम्लामा ग्यास लिक हुँदा (चुहिँदा) एक घरमा आगलागी भएको छ । शनिबार चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित मेघराज न्यौपानेको तीनतले घरको भूइँतल्लामा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
खेल मैदानको प्यारापिट निर्माण कार्य अलपत्र
सिमकोट गाउँपालिका –५ स्थित सिमसार क्षेत्रमा रहेको रङ्गशालामा निर्माण भइरहेको प्यारापिटको निर्माण कार्य अलपत्र परेको छ । सो प्यारापिट निर्माणका लागि पहिलो वर्ष बजेटको ब्यवस्था भए पनि त्यसयता बजेटको ब्यवस्था हुन नसक्दा निर्माण कार्य रोकिदै आएको हो ।
हेलिकोप्टरद्वारा उद्धार गरिएकी नन्दाको निधन
जिल्ला अस्पताल कालीकोटबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकि सुत्केरी महिलाको नौ दिनपछि आज निधन भएको छ। तिलागुफा नगरपालिका ७ कि ३४ वर्षीया नन्दा विष्ट रावतको अत्यधिक रक्तश्राप भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।
‘दशौं राष्ट्रिय खेलकुद कर्णालीको गौरव’
नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले कर्णालीमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि अवसर र गौरवको विषय भएको बताउनु भएको छ ।
जीर्ण वीरेन्द्र पुल बर्षौ देखि मर्मत नहुँदा सकस
जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिकाको वडा नं.– ९ मा पर्ने कालै क्षेत्र र सोरुकोट जोड्न पुल जीर्ण बनेपछि स्थानीयलाई समस्या भएको छ । जीर्ण अवस्थाको पुल मर्मत नहुँदा वर्षो देखि स्थानीयवासी आवतजावतमा सास्ती व्यहोर्नु परेको छ ।
बिजनेसको पर्खाइमा प्रदेश सभा
कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको महिना दिन बितिसक्यो । मन्त्रिपरिषद्ले पूर्णता पाइसक्यो तर प्रदेश सभा बिजनेसको पर्खाइमा छ । माघ ६ यता प्रदेश सभा बैठक बसेको छैन ।
विवाह गर्न वडाको सिफारिस
कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ । गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्न यस्तो नियम बनाइएको हो । पालिकाका छवटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
अनेरास्ववियुुमा हुम्लाबाट तीन केन्द्रीय सदस्य निर्वाचित
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३ औँ राष्ट्रिय महाधिवेशनबाट हुम्लाबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । महाधिवेशनमा भएको निर्वाचनबाट उहाँहरू निर्वाचित हुनुभएको हो ।
लामा समुदायका महिलाको नाच ठाइकोर
हिमाली भेगका लामा समुदायका महिलाले परम्परगत पोसाक र गरगहना लगाएर नाच्ने नाच हो, ठाइकोर । विशेष पर्व र मेलामा गाउँभरिका महिला मिलेर यो नाच नाच्ने गर्छन् । सिमकोट गाउँपालिका–३ की छपा
सामाजिक न्यायमा दलित महिलाको पहुँच कम
भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा राज्यमन्त्री उर्मिला विश्वकर्माले सामाजिक न्यायमा दलित महिलाको पहुँच निकै कम भएको बताउनुभएको छ । राज्यमन्त्री विश्वकर्माले दलित महिला सङ्घ सुर्खेतद्वारा बिहीबार आयोजित ‘सामाजिक