• १३ मंसिर २०८१, बिहिबार

भेरी नदीमा पुल बन्छ: मन्त्री ज्वाला

blog

पत्रकारसँग कुराकानी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तस्बिर: वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट, भदौ ३१ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मध्य पहाडी लोकमार्ग अन्तर्गत भेरी नदीमा पुल बन्ने बताउनुभएको छ । 

मध्य पहाडी लोकमार्ग अन्तर्गत रुकुम पश्चिम चौरजहारी र कुदूँ जोड्ने पुल आठ वर्षसम्म  निर्माण नगरेपछि ठेक्का सम्झौता रद्द गरी नयाँ पुल निर्माणका लागि नयाँ ठेक्का सम्झौताको तयारी गरेको मन्त्री ज्वालाले जाजरकोटमा पत्रकारहरूसँग बताउनुभयो । उहाँले मध्यपहाडी लोकमार्ग, भेरी कोरिडोर, निर्माण व्यवसायीले अलपत्र पारेको पुललाई  प्राथमिकतामा राखेको बताउनुभयो ।