• २३ वैशाख २०८१, आइतबार

बाक्पा बनाउने सिपको संरक्षण माग

blog

हुम्ला, भदौ २८ गते । स्थानीय चाडपर्वको बेला सांस्कृतिक मेला पर्व मनाउने क्रममा लगाउने बाक्पा (मुकुन्डो) निर्माण गर्ने सिपको संरक्षण गर्न स्थानीय बुढापाकाले माग गरेका छन् । पछिल्लो पुस्ता त्यस्ता सामग्री बनाउनेतर्फ चासो नै नदिने गरेको र सिप भएका पुराना पुस्ता वृद्ध हँुदै गएका कारण त्यस्ता सिप नै हराउने चिन्ता बढ्न थालेको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीहल्जी गाउँका थुक्देन तामाङ बताउनुहुन्छ । उहाँका अनुसार लिमीका तीन गाउँ यस्ता मुकुन्डो बनाउने स्थानीय चार जना मात्र ७० वर्षमाथिका वृद्धा रहेका छन् । उनीहरूबाट नयाँ पुस्ताले यो सिप सिक्ने र पुस्तान्तरण गर्न इच्छा नै देखाएका छन् । चाडपर्वमा नाचगान र सांस्कृतिक झाँकी प्रस्तुत गर्न बाक्पा व्रmमशः पुरानो हुँदै गएको र नयाँ बनाउन सिप हस्तान्तरण नहुँदा कला संस्कृति नै मासिने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अब स्थानीय तहबाट युवा पुस्तालाई यस्ता सिप सिकाउन प्रेरित गरिनु पर्छ ।”

लिमी मात्र होइन लामा समुदायको बसोबास हुने जिल्लाका नाम्खा र सिमकोट गाउँपालिकाका २५ बस्तीमा यो समस्या उस्तै रहेको सिमकोट गाउँपालिका–१ का वडाध्यक्ष गोर्खे लामाले बताउनुभयो । यी सबै लामा बस्तीमा मुकुन्डो लगाएर माने, लोसार लगाएका चाडपर्वमा नाच्ने गरिन्छ । वडाध्यक्ष लामाले यो सिप नयाँ पुस्तालाई सिकाउनु आवश्यक रहेको बताउनुभयो ।