एक अर्ब १४ करोड लागत अनुमान तयार
कालीकोट जिल्लाको सदरमुकाम मान्म कोटदरबारदेखि नरहरिनाथ गाउँपालिका–१ को कोटवाडास्थित सुनथराली विमानस्थलसम्म केबलकार निर्माण हुने भएको छ । मान्म कोटदरबार–सुनथराली केबलकारका बारेमा २०६४ सालबाट बहस भए पनि १५ वर्षपछि लागत अनुमानसहित प्राविधिक प्रतिवेदन तयार भएको छ । सो प्रतिवेदन सार्वजनिक गरिएको छ ।
कोल्ड स्टोर निर्माण अलपत्र
वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रमा निर्माण गर्न लागिएको कोल्ड स्टोर निर्माणको काम अलपत्र परेको छ। २०७४/७५ बाट निर्माण सुरु गरिएको उक्त कोल्ड स्टोर निर्माण हालसम्म पनि सम्पन्न भएको छैन । आर्थिक वर्ष २०७८ साउनदेखि कोल्ड स्टोर निर्माणको काम अलपत्र परेको हो ।
मुलुक नयाँ राजनीतिक कोर्समा : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुकको राजनीतिकले नयाँ कोर्स लिएको बताउनुभएको छ । नयाँ गठबन्धनसँगै राजनीतिक रुपमा नयाँ परिवेश स्थापित भएको उहाँको भनाइ छ ।
खाना पकाउने ग्यासको मूल्य घट्यो
खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । प्रतिस्पर्धी बजार र सलीसल्लासम्म गाडीमा ग्यास सहज र नियमित रूपमा आउन थालेपछि यहाँ मूल्य घटेको हो ।
लुटपाट आरोपमा विप्लव नेकपाका तीन जना नेता गिरफ्तार
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटका केन्द्रीय सदस्य सहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
एकीकृत कृषि तथ्याङ्क राखिने
कर्णाली प्रदेशका १० वटा जिल्लाको कृषि तथा पशुसम्बन्धी तथ्याङ्क एकीकृत सफ्टवेयरमा राखिने भएको छ। कृषि विकास कार्यालय सल्यानमा तथ्याङ्क सङ्कलनसम्बन्धी कर्मचारीलाई अभिमुखीकरण कार्यक्रमको थालनी गरिएको छ। कर्णाली प्रदेशका १० वटै जिल्लामा सो कार्यक्रम सञ्चालन गर्ने लक्ष्यअनुसार सल्यानबाट अभिमुखीकरण सुरु गरिएको हो।
नौ महिनापछि कित्ताकाट फुकुवा
रुकुमपश्चिमका चार स्थानीय तहमा करिब नौ महिनापछि जग्गाको कित्ताकाट खुला गरिएको छ। जेठ अन्तिम साताबाट बन्द गरिएको जग्गाको कित्ताकाट फागुन १५ गते सोमबारदेखि खुला भएको हो। जिल्लाको मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र त्रिवेणी गाउँपालिका क्षेत्रमा हुने जग्गाको कित्ताकाट खुला गरिएको मालपोत कार्यालय रुकुमपश्चिमले जनाएको छ।
जीवनरक्षाका लागि गर्भवती बालिका सामाजिक सञ्जालमा
१६ वर्षीया गर्भवती बालिकाले आफूलाई बचाउन भन्दै फेसबुकमा भिडियो पोष्ट गरिन् । सात महिनाको गर्भ बोकेकी उनले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको र आफन्त कोही नभएको भन्दै बचाउन आग्रह गरेकी थिइन् ।
ठूलीभेरी नगरपालिकामा भ्रष्टाचार, अख्तियारमा मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको ठूलीभेरी नगरपालिका कार्यालयबाट सञ्चालित तीनवटा योजनामा भ्रष्टाचार भएको ठहर गरी मुद्दा दायर गरेको छ । भ्रष्टाचारमा संलग्नविरुद्ध विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको छ । आइतबार बिगो र कैद सजाय हुन माग दाबीसहित कसुरदारविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
खार्पुमा पक्की पुल निर्माण हुने
कर्णाली कोरिडोरको खार्पु सुनखाडा खण्डमा पर्ने खार्पुनाथमा कर्णाली नदी माथि पक्की पुलको निर्माण कार्य सुरु हुने भएको छ । सम्झौताको डेढ वर्षपछि निर्माण कम्पनी पक्षले निर्माण सामाग्री पुल निर्माण स्थलमा ल्याउने कार्य सुरु गरेपछि निर्माण कार्य अगाडी बढ्ने भएको हो ।
राष्ट्रपतिमा आधा–आधा कार्यकाल भनेपछि अस्वीकार गरेँ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताउनुभएको छ ।
विचार र मुद्दा मिल्नेसँग पार्टी एकता हुनसक्छ : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता हुनसक्ने बताउनुभएको छ ।
हुम्लामा बन्न लागे आरसीसी भवन
दक्षिणी हुम्लामा व्यक्तिगत रुपमा लगानी गरेर पहिलो पटक आरसीसी भवन बन्न शुरु गरेका छन् । राष्ट्रिय सडक सञ्जाल जोडिएसँगै निर्माण सामग्री सहज रुपमा ढुवानी भएर आउन थालेपछि व्यक्तिहरु आरसीसी पिल्लर भएको भवन निर्माणमा लागेका हुन् ।
सात सय ‘बेडनाठो’ हाउँडी गाउँ
बाह्र वर्षसम्म खडेरी पर्दासमेत अन्न उत्पादन भएको किंवदन्ती हाउँडी गाउँको छ। शुभकालिका गाउँपालिका–६, हाउँडी सधैँ हरियालीका रूपमा चिनिन्छ। कालीकोट जिल्लाको खेतमा लगाइएको गहुँ, जौ बाली सुकेर पहेँलो बनिरहँदा हाउँडीको ‘जिउलो’ भने लोभलाग्दो देखिन्थ्यो। यद्यपि, यस पटकचाहिँ हाउँडी गाउँ लामो खडेरीले केही प्रभावित बनेको छ।
साक्षरता अभियान अलपत्र
जिल्लामा लामो समयदेखि साक्षरता अभियानअन्तर्गतका कार्यक्रम ठप्प भएका कारण आठवटै स्थानीय तह साक्षर घोषणा हुन सकेका छैनन्। साक्षरता अभिवृद्धिमा स्थानीय तहको चासो नहुँदा यसअघि थालिएका अभियान पनि अलपत्र परेका छन्।
जाजरकोटमा औषधी अभाव
जाजरकोट अस्पतालमा औषधीको अभाव भएको छ । अस्पतालमा औषधी अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । दैनिक पुर्जी लिएर औषधी किन्न फार्मेसीमा बिरामी पुगे पनि औषधी पाउन सकेका छैनन् । अस्पतालको फार्मेसीमा औषधी नभएपछि नजिकै अस्पतालकै कर्मचारीले स्थापना गरेको क्लिनिकमा औषधी खरिद गर्न बिरामी बाध्य हुनु परेको छ ।
छायानाथ राराको अवैध संरचना भत्काइँदै
मुगुको छायानाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ ।
क्यानको साधारणसभा सुर्खेतमा सुरु
नेपाल क्रिकेट सङ्घ (क्यान)को वार्षिक साधारणसभा आइतबारदेखि सुर्खेतमा सुरु भएको छ । पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्यानको साधारणसभा आयोजना गरिएको हो ।
शैक्षिक वर्ष सकिन लाग्यो,पाठ्यपुस्तककै पिरलो
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको वार्षिक परीक्षा सकिन लागे पनि उनीहरूले अझै पाठ्यपुस्तक पाएका छैनन्। वीरेन्द्रनगर–१२ स्थित अमरज्योति नमुना माध्यमिक विद्यालयकी छात्रा गौमाया अधिकारीले पाठ्यपुस्तक अझै नपाएको बताउनुभयो। सामुदायिक विद्यालयमा समयमै सबै विषयका पाठ्यपुस्तक नपुग्दा सिकाइ गतिविधि नै प्रभावित बनिरहेको छ। उहाँका अनुसार यो शैक्षिक सत्रमा पनि सबै पाठ्यपुस्तक हातमा परेन। कतिपय विषयका किताब नै नदेखेर परीक्षा दिनुपर्ने अवस्था रहेको छात्रा अधिकारीले बताउनुभयो।
छ वर्षसम्म वडाकै भवनमा नगरपालिका
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका छ वर्षसम्म वडाकै भवनमा आफ्नो कार्यालय सञ्चालन गरिरहेको छ। २०७४ यता नगरपालिकाले आफ्नो भवन बनाउन नसकेर वडा नं. ६ को वडा कार्यालयको भवनमा बसेर कामकाज गरिरहेको छ। नगरपालिका केन्द्र विवाद जग्गा अभावलगायतका विषयले नगरपालिकाले आफ्नो भवन बनाउन नसकेका कारणले वडा पालिकाकै भवनमा बस्न बाध्य भएको छ। तिलागुफा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चौलागाईले नगरपालिकाको केन्द्रको विवाद कायमै रहेकाले सबै काम ठप्प भएको बताउनुभयो। उहाँले नगरसभाले वडा नं. ९ को चिल्खायाको तल्लो क्षेत्रमा केन्द्र तोकेको थियो तर दुई प
हवाई मार्गबाट ढुवानी गरी बिरुवा वितरण
जुम्लाबाट खरिद गरिएका स्याउ र ओखरका कलमी बिरुवा नेपालगञ्ज हुँदै हवाई मार्गबाट हुम्ला ल्याइएको छ । पैदल मार्गबाट ढुवानी गर्न धेरै समय लाग्ने भएपछि महँगो हवाई भाडा तिरेर हुम्लामा ओसारिएका हुन् । खार्पुनाथ गाउँपालिकाले किसानलाई वितरण गर्न यी बिरुवा ल्याएको हो । सो गाउँपालिकाको कृषि शाखाका प्रमुख हर्कवीर रावलले जुम्लामा खरिद गरिएका स्याउ तथा ओखरका बिरुवा नेपालगञ्ज पु-याएर हवाई मार्गबाट हुम्ला ढुवानी गरिएको बताउनुभयो ।
छ वर्षसम्म वडाकै भवनमा नगर कार्यपालिका
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका छ वर्षसम्म वडाकै भवनबाट सञ्चालन भइरहेको छ । वि.सं. २०७४ यता नगरपालिकाको प्रशासनिक भवन बनाउन सकेको छैन ।
जैविक विविधता संरक्षण योजना बनाउन परामर्श गोष्ठी
राष्ट्रिय जैविक विविधता संरक्षण योजना तर्जुमाका लागि परामर्श गोष्ठी आयोजना गरिएको छ। विश्व जैविक विविधता संरक्षण लक्ष्य तीनअनुसार नेपालको जैविक विविधता संरक्षणको राष्ट्रिय योजना तयारी प्रक्रियाका लागि छलफल तथा सुझाव सङ्कलन गर्न गोष्ठी आयोजना गरिएको हो।
सुर्खेतमा बुलबुले ताल विस्तार गर्दा भयो नि बेहाल
सुर्खेतका वरिष्ठ कलाकार प्रेमदेव गिरी र कमला श्रेष्ठले ३० को दशकमा गाएको यो गीतले ‘बुलबुल ताल’लाई राष्ट्रिय रूपमा नै परिचित बनायो। बुलबुल ताल जनजनको मनमा यति गढेको छ कि सुर्खेत झर्ने जो कोही पर्यटकले सबैभन्दा पहिले सोध्छन्, “बुलबुल ताल कता छ ?” पर्यटक जब बुलबुल तालको नजिकै पुग्छन्, त्यसपछि फेरि पनि सोध्छन्, “बुलबुल ताल चाहिँ कता छ ?” ताललाई घाँसे मैदान र लेउले भरिएपछि बुलबुल तालले आफ्नो स्वरूप गुमाउन पुगेको छ। प्लास्टिकका बोतल र फोहोरले ताल कुरूप बनेको छ। यद्यपि बुलबुल तालको संरक्षणको जिम्मा लिने निकाय तालको अवस्थाबारे बेखबर छ।