• २ जेठ २०८२, शुक्रबार

कांग्रेस संसदीय दलको बैठक शनिबार

blog

काठमाडौँ, जेठ २  गते ।  सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जानकारी दिनुभयो । बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताउनुभयो ।  रासस