राजन रावत
हुम्ला, असोज १० गते । केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको रुपमा प्रयोग गर्न छाडेपछि किसानले पनि खेती गर्न छाड्दा लोप हुने अबस्थामा पुगेको हो ।
नाम्खा गाउँपालिका –१ को हेक्पा गाउँ उर्गेन लामाले लट्टे बाली लोप हुने अवस्थामा पुगेको बताउनुभयो । पहिले खेती गर्दा दुई क्विन्टलसम्म लट्टे उत्पादन आफैँले गर्नेगरेको स्मरण गराउँदै उहाँले अहिले यो बाली लगाउनै छाडेको बताउनुभयो । उहाँले मात्र नभएर सिङ्गो गाउँवासीले लट्टे बाली राम्रो उत्पादन गर्दै आउनुभएको थियो ।
स्थानीयले अन्नका रुपमा प्रयोग गर्न छाडेपछि यो खेती लगाउन छाडिएको बताउँदै अहिले आएर बीउ जोगाउन समेत मुस्किल भएको बताउनुभयो । यता, सिमकोट गाउँपालिका –७ का जयबहादुर शाहीले राम्रो उत्पादन हुने यो बाली अन्नपातका रुपमा प्रयोग नहुने भएको कारण खेती लगाउन छोडिएको बताउनुभयो ।
लट्टेबाट रोटी, लड्डु, थुक्पालगायतका खानेकुराका परिकार तयार पारेर खाने गरिँदै आएकोमा हाल आएर लट्टे प्रयोग गर्नै छाडेको उहाँले बताउनुभयो । उहाँले पौष्टिक तत्व बढी पाइने लट्टेबालीको संरक्षणमा लागेर यो बालीलाई पुनः किसानलाई लगाउने बाताबरण तयार गर्नुपर्ने बताउनुभयो । लट्टे लगाउने बेला एकातिर अन्न उत्पादन हुने र अर्कोतर्फ विभिन्न रङ्गको लट्टे फल्ने भएको कारण मानिस आकर्षित हुने गर्थे ।
अहिले कोदो र चिनो कागुनो र सिमी लगाएको बालीमा दुई–चारँदैन ।