• ८ पुस २०८२, मङ्गलबार

उपरथीमा पदोन्नति हुनुभएका थापालाई दर्ज्यानी चिह्न प्रदान

blog

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति हुनुभएका प्रकाशराज थापालाई दर्ज्यानी चिह्न प्रदान गर्नु हुँदै । तस्बिरः सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय

काठमाडौँ, पुस ८ गते । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति हुनु भएका प्रकाशराज थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गर्नु भएको छ । 

सोही कार्यक्रममा उहाँले सहायक रथीमा बढुवा हुनु भएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गर्नु भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।