• २ जेठ २०८२, शुक्रबार

माओवादी संसदीय दलको नेतामा भट्ट चयन

blog

दलको नेता चयनमा उपस्थित माओवादी अध्यक्ष प्रचण्डसहित नेता र प्रदेश सभा सदस्य ।

अविनाश चौधरी

धनगढी, जेठ २ गते । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन हुनुभएको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पार्टीका अन्य नेताको उपस्थितिमा गए राति बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेता चयन गरेको हो । यसअघि, बहुमतका आधारमा दलका नेताबाट हटाइएका भट्टलाई पुनः नेता चयन गर्न माओवादी पार्टी र अध्यक्ष प्रचण्डले संसदीय दललाई लिखित, मौखिक निर्देशन दिदैं आए पनि कार्यान्वयन भएको थिएन । 

२०८० माघ १२ गते भट्टलाई हटाएर बहुमतको आधारमा मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । भट्ट हटाइएपछि सो पार्टीमा आन्तरिक विवाद देखिएको थियो । संसदीय दलको पछिल्लो बैठकमा सबै प्रदेश सभा सदस्यको उपस्थितिमा दलको नेता परिवर्तन गरिएको माओवादीका उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।